गैरआवासीय नेपाली संघले शुरु गर्यो टेलि–हेल्थ सेवा

जसले मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले सेवा र उचित परामर्श प्रदान गर्ने छन । साथै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा सम्मेलित हुनेछन ।
४ फाल्गुन २०७७, मंगलवार १६:५८ मा प्रकाशित

भिएना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार १२ फेब्रुअरी २०२१ देखि शुरुवात गरेको छ। यस टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन। उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु हुनेछन ।

जसले मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले सेवा र उचित परामर्श प्रदान गर्ने छन । साथै मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा सम्मेलित हुनेछन । बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू समेत यस कार्यक्रममा सहभागी छन् ।

यस सेवा टेलिफोन, भाइबर, वाट्एपमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ । जसको लागि नेपाल बाहिरबाट ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९मार्फत सम्पर्क गर्न सकिनेछ अथवा इमेल ठेगाना [email protected] मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ। यो सेवा निशुल्क हो। तर आपतकालीन स्वास्थ्य सेवाहरू प्रदान हुदैन । गम्भीर र आपतकालिन समस्या परे तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श मात्र दिन्छ तर आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । त्यसैले डाक्टर को प्रेस्क्रिप्सन विना औषधि किन्न नपाउने मुलुक का लागि यो सेवा परामर्श को लागि मात्र उपयोगी हुन सक्छ। मलेसिया, टर्की, नाइजेरिया, कुवेतमा रहेका स्वास्थ्य विशेषज्ञहरुले टेलिहेल्थ मार्फत परामर्श दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं