एनआरएनए अध्यक्ष र स्वास्थ्यमन्त्री त्रिपाठीबीच भेट

४ फाल्गुन २०७७, मंगलवार १३:५९ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष, कुमार पन्त र स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीबीच भेट भएको छ । हिजो सोमबार भेटमा गैरआवासीय नेपाली संघमार्फत कोभिड–१९ को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको बताइएको छ । भेटमा अध्यक्ष पन्तले संघले कोभिड–१९ को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पारेका थिए ।

उनले संघको स्वास्थ्य समितिले हालसम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरु मार्फत भईरहेका बिभिन्न कामहरुका बिषयमा मन्त्रीलाई अवगत गराउंदै नेपालमा कोभिड–१९ को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराए । सो अवसरमा अध्यक्षले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्रीज्यूलाई अध्ययनको लागि हस्तान्तरण गर्दै यसका बिषयबस्तु उपर मन्त्रालयको धारणाका लागि अनुरोध गरे ।

सो अवसरमा माननीय मन्त्रीज्यूले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै  उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केहि कठिनाई भएको छ र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्यउन नसकिएको र हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको जानकारी गराए ।

सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२,५०,००० खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउंदै यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराए । उनले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजि अस्पताहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिन सकिने बताए । अन्त्यमा, संघको नेपाल सरकारलाई खोपको लागि केहि रकम उपलब्ध गराउने योजना सकारात्मक रहेको र संघले तयार पारेको सम्झौता पत्र अध्ययन गरी आवश्यक सुझाव दिने समेत बताए । छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका