सुनको मूल्यमा नया रेकर्ड

१८ भाद्र २०६९, सोमबार ०६:१० मा प्रकाशित


काठमाडौँ, १८ भदौ । नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि भई आइतबार रु ५९ हजार ९०० पुगेको छ। केही सातादेखि सुनको मूल्य वृद्धि हुने क्रम जारी छ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घले गत साताको तुलनामा आइतबार छापावाला सुनको मूल्यमा प्रतितोला रु ७०६ ले वृद्धि भएको जनाएको छ। गत साता प्रतितोला रु ५९ हजार १९४ मा कारोबार भएको थियो।
एक साताको बीचमा सुनको मूल्यमा पटकपटक वृद्धि भई शुक्रबार प्रतितोला ५९ हजार पुगेको थियो भने आइतबार पुनः रु ९०० वृद्धि भई रु ५९ हजार ९०० मा कारोबार भएको हो।
त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला रु ५९ हजार ६५० कायम भई बजारमा कारोबार भएको छ। सोको मूल्य अघिल्लो साता प्रतितोला रु ५८ हजार ९४४ थियो। चाँदीको मूल्य गत साता प्रतितोला रु एक हजार १२५ मा कारोबार भएकामा आइतबार रु २० ले वृद्धि भई रु एक हजार १४५ कायम भएको छ।
सङ्घका सचिव देशरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था कमजोर रहेको र पूर्वी युरोपका बैंकले सुनको मौज्दातमा अत्यधिक वृद्धि गरेकाले सोको मागमा वृद्धि भई आपूर्तिमा अभाव देखिएकाले सुनको मूल्यमा वृद्धि आएको जानकारी दिए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि