प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाः आजदेखि एमिकस क्यूरीको राय

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारका खगेन्द्र अधिकारी र पूर्णमान शाक्यले राय दिनेछन । एमिकस क्यूरीलाई अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत एमिकस क्यूरी झिकाउने गर्छ ।
४ फाल्गुन २०७७, मंगलवार ०८:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आजदेखि अदालतको सहयोगी ‘एमिकस क्यूरी’को राय शुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्यूरीका सदस्यले अदालतलाई आफ्नो राय दिनेछन् ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारका खगेन्द्र अधिकारी र पूर्णमान शाक्यले राय दिनेछन । एमिकस क्यूरीलाई अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत एमिकस क्यूरी झिकाउने गर्छ ।

उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ । एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन् । एमिकस क्यूरीले राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ । फागुन दोस्रो सातासम्म विघठन मुद्दामा फैसला सुनाउने सर्वोच्चको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार