म्यानमारमा ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय

४ फाल्गुन २०७७, मंगलवार ०८:१७ मा प्रकाशित

यांगुन । म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो । सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध पुर्‍याउने जो कोहीलाई उक्त सजाय हुने भनिएको छ ।

‘कू’ गर्ने प्रक्रियामा संलग्न भएका सैनिक अधिकारीलाई गाली बेइज्जती गरे तथा उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरुको सजाय अझ थप हुने र जरिवना पनि तोकिने भएको छ ।

म्यानमारका विभिन्न शहरमा सेनाका बख्तरबन्द गाडी देखिएकै समयमा यहाँको कानूनमा परिवर्तन भएको घोषणा गरिएको हो । यसैबीच म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।

स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी एनएलडी समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल