फेरि बढ्यो इन्धनको मूल्य

१८ भाद्र २०६९, सोमबार ०६:०३ मा प्रकाशित

काठमाडौं, १८ भदौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आइतबार बसेको बैठकले खाना पकाउने ग्यास, पेट्रोल र डिजललगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा बढ्दो भाउसँगै मासिक घाटा एक अर्ब १७ करोड नाघेपछि भाउ बढाउनु परेको निगम सञ्चालक समितिले बताएको छ।
निगमले सबैभन्दा बढी भाउ खाना पकाउने ग्यासमा बढाएको छ। ग्यास प्रति सिलिन्डर ५५ रुपियाँले बढेको छ। त्यसैगरी पेट्रोलमा प्रति लिटर ५ रुपियाँ र मट्टितेल र डिजेलमा प्रति लिटर चार रुपियाँ बढेको छ।
भाउ बढेपछि काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको १ सय २५ रुपियाँ, डिजेल र मट्टितेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपियाँ पर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा