‘विषयकेन्द्रित नभई दलहरु भाषणवाजीमा’

१८ भाद्र २०६९, सोमबार ०५:५० मा प्रकाशित

काठमाडौं, १८ भदौ । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुको छलफल सकारात्मक भएकोले छिटै निकास निस्कने बताउनुभएको छ । दलहरु राजनीतिक मुद्दामा केन्द्रित भएको बताउंदै मन्त्री गच्छदारले छिटै निकास निस्कनेमा आफू विश्वस्त भएको बताउनुभयो । एक गैरसरकारी संस्थाको आयोजनामा राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहांले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि संविधानसभा निर्वाचनको विकल्प नभएको उल्लेख गर्नुभयो । उहांले लोकतान्त्रिक पद्दतिबाट हुने संविधानसभाको निर्वाचनले नै राजनीतिक समस्याको निकास निकाल्ने दाबी गर्नुभयो ।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण र शान्तिप्रक्रियालाई निश्कर्षमा पुरयाउन कुनै पनि दल गम्भीर नभएको आरोप लगाउनुभयो । अध्यक्ष थापाले दलहरु विवादित विषयमा केन्द्रित हुनुभन्दा पनि भाषणवाजीमा लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको