अधिकांश कांग्रेसी नेता नयां निर्वाचनको पक्षमा

१८ भाद्र २०६९, सोमबार ०५:४५ मा प्रकाशित

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले राजनीतिक संकट समाधानका लागि नयां निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । राजधानीको सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा आइतबार बसेको बैठकमा केन्द्रिय सदस्यहरु ग्गन थापा, बद्री पाण्डे, केशवकुमार बुढाथोकी शंकर भण्डारीलगायतले संविधानसभा पुनस्र्थापन बारेको बहस छाडेर नयां निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए ।
उनीहरुले जारी संकट समाधानका लागि नयां निर्वाचनलाई पार्टीको बटमलाईन मानी अगाडि बढ्नुपर्ने बताए । यद्यपि वरिष्ठ नेता शेरबहादुर देउवा खेमामा आवद्ध डीना उपाध्याय, मीना पाण्डेलगायतले भने संविधानसभा पुनःस्थापना गर्ने विकल्पबारे समेत छलपल गर्नुपर्नेमा जोड दिए ।
केन्द्रिय सदस्य गगन थापाका अनुसार आगामी २० गते बस्ने बैठकमा केन्द्रिय सदस्यहरुले उठाएका विषय समेटी महामन्त्री कृष्ण सिटौलाले परिमार्जित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा बाबुराम भट्टराई सरकारले गरेका नीतिगत भ्रष्टाचारको कडा ढंगले विरोध गर्ने विषयमासमेत छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा