इट्टा भट्टाका साहू लुट्न खोज्दा पौडेल र साखकर्मीको हत्या भएको खुलासा

१८ भाद्र २०६९, सोमबार ०५:४४ मा प्रकाशित

काठमाडौं, १८ भदौ । भक्तपुरका एक निजी स्कूलका प्रधानाध्यापक र लेखापालको हत्या लुटेरा समूहले गरेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध शाखाले भक्तपुरको ताथलीमा गत महिना भएको दोहोरो हत्या काण्डमा पेसेवर लुटेरा समूहको संलग्नता रहेको जनाएको हो ।
गत साउन १५ गते भक्तपुरको नियोलोजन माविका प्रधानाध्यापक सुजन पौडेल र लेखापाल विद्या साखकर्मीको हत्या भएको थियो । स्थानीय एक इट्टा भट्टाका सञ्चालकलाई लुट्न बसेको सो समूहले मोटरसाईकलमा सवार पौडेल र साखकर्मीसंग भएको धनमाल लुटपाट गर्ने क्रममा प्रतिकार गरेपछि उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेका भक्तपुरका सुजन सैंजु, रुकेश कुसी, निरन मानन्धर, रविन मुसिया, किरण चुवाल र अनिल साखकर्मीलाई आइतबार सार्वजनिक गरेको छ । उनीहरुको साथबाट मृतक पौडेलको मोबाइलसमेत बरामद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको