सौराहामा विशेष छुटसहित फुड फेष्टिवल सुरु

२ फाल्गुन २०७७, आईतवार ०९:३३ मा प्रकाशित

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु भएको छ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउँदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा हिजोदेखि सुरु भएको हो ।

सौराहामा पहिलोपटक हात्ती चोकदेखि गैडाचोकसम्मको क्षेत्रलाई दुलही झैं सिंगारिएको छ भने पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिने “अ लव” सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने फेष्टिवलमा यसपटक स्थानीय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ ।

यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खाली चौरमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमा नै गर्न लागिएको हो । यसपालीको सौराहा फुड फेष्टिवल सडकमै भएपनि परिवारसँगै आएर रमाउन सबैलाई आग्रह पनि गरिएको छ ।

यस फुड फेष्टिबलको अवसरमा सौराहामा विशेष छुट समेत घोषण गरेको रेवान सौराहाका कोषाध्यक्ष शम्भु मालीले जानकारी दिनुभयो । विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार