तराईका सशस्त्र समूहहरु निस्क्रिय

१८ भाद्र २०६९, सोमबार ०५:४३ मा प्रकाशित

काठमाडौं, १८ भदौ । तराईमा सशस्त्र गतिविधि गर्दैआएका समूहहरुको गतिविधि निस्तेज बन्दै गएको छ । ती समूह निस्तेज भएर गएपछि साना हतियारको प्रयोगमा समेत कमी आएको छ । जिल्लाहरुमा सुरक्षा निकायको बाक्लो उपस्थिति हुनु र ग्रामिण क्षेत्रमा मूलधारका राजनीतिक दलहरुको गतिविधि बढ्दै जानुले सशस्त्र समूहको प्रभाव हट्दै गएको प्रहरीको भनाई छ ।
जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगतसिंह समूह, मधेस मुक्ति टाइगर्सलगायतका समूहले सरकारलाई हतियार बुझाउने सहमति गरिसकेका छन् । पछिल्लोपटक भगतसिंह समूहले गत शनिबार ६६ थान हातहतियार प्रहरीलाई बुझाएको थियो । जयकृष्ण गोइत र ज्वालासिंह नेतृत्वको सशस्त्र समूहको प्रभावसमेत हट्दै गएको सुनसरीका प्रहरी उपरिक्षक सौरभ राणाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार