विश्वकै कान्छी मेयर

१८ भाद्र २०६९, सोमबार ०५:३५ मा प्रकाशित

काठमाडौं, १८ भदौ । प्यालेस्टाइनकी एक १५ वर्षिया किशोरी वेस्ट बैंक शहरमा मेयरमा निवर्मचित भएकी छिन् । किशोर बसार ओथम्यान सबैभन्दा कम उमेरमा मेयर हुने सौभाग्य पाएकी हुन् ।
यसवालाई सशक्त बनाई उनीहरुलाई नीति निर्माणमा सहभागी गराउने लक्ष्यसहित ओथम्यान मेयरमा चुनिएकी हुन् । मेयरमा चुनिएपछि ओथम्यानले करिब ८ हजार जनसंख्या भएको अलार शहरको प्रशासन सम्हालेकी छिन् । कार्यभार सम्हाल्ने क्रममा उनले आफू मेयरका लागि पूर्ण रुपमा योग्य भएको बताइन् । शैक्षिक युवा कार्यक्रमअन्तर्गत उनलाई विश्वकै कान्छी मेयर बनाइएको प्यालेस्टेनी अधिकारीहरुले बताएका छन् ।
मेयरम ाचयन भएलगत्तै राजनीतिक र सामाजिक कार्यमा उनको झुकाव अनायास नै बढ्न थालेको छ । सबैभन्दा कम उमेरमा मेयर बनेकी ओथम्यानले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्ने सोच राखेकी छिन् । ‘प्यालेस्टेनी जनतालाई वास्तविक नेतको आवश्यकता छ, जसको नेतृत्व लिन म तयार छु’, उनले भनिन्, ‘ म मन्त्री भई प्यालेस्टाइनको वास्तविक चुनौतीको सामना गर्न चाहन्छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले

यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका