अष्ट्रेलियाको सिड्नीमा सम्पन्न नेपाल महोत्सवमा हजारौ सहभागी

१८ भाद्र २०६९, सोमबार ०४:०० मा प्रकाशित

हेम दुलाल, सिड्नी, १८ भदौ । अष्ट्रेलियाको सिड्नीस्थित चर्चित पर्यटकीय स्थल डार्लिङ हावर्डमा आयोजित नेपाल फेष्टीभलमा नेपाली मुलका र बिदेशी गरि हजारौले सहभागिता जनाएका छन् । अस्ट्रेलियामा नेपाली कला संस्कृति र पर्यटन प्रवर्द्धन गर्न आयोजित नेपाल फेष्टीभल एक दिनको लागि आयोजना गरिएको थियो ।
मेला आयोजना स्थल वरपर नेपालली झण्डा फहराईएको थियो भने नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल र सारी चोलोमा सजिएर सयौँ नेपाली मेलामा सहभागी भएका थिए । मञ्चमा नेपाली गीत र नाच तल चौरमा नेपाली व्यंजन सहित सहभगीहरु रमाई रहेका देखिन्थे । मुक्ति एण्ड रिभाईभल ब्यान्डका कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई तताएको थियो । मेलामा लोक नृत्य, गीति नाटकसहित बहुसाँस्कृतिक नेपाल झल्कने भेषभुषा प्रस्तुत गरिएको थियो । मेलामा नेपाललाई मायाँ गर्ने अष्ट्रेलियन समुदायको पनि ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

मेलाको औपचारिक सत्रलाई सम्वोधन गर्दै न्यु साउथ वेल्सका विपक्षि नेता जोन रोवर्टसनले नेपाली समुदाय अष्ट्रेलियामा स्थापित हुदै गएको कुरालाई मेलाले पुष्टी गरेको बताएका थिए । नेपाली साँस्कृतिक एकताको उनले खुलेर प्रसंसा गरेका थिए । कार्यक्रममा शिक्षा मन्त्री दीनानाथ शर्मा, उद्योग मन्त्री अनिलकुमार झा, एमाले नेता भिम रावल, अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, एनआरएन अध्यक्ष जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो एनआरएन आष्ट्रेलियाका अध्यक्ष गणेश केसी लगायतले सम्वोधन गरेका थिए ।
एनआरएन अष्ट्रेलियाको पहलमा सन् २००८ देखि नेपाल फेष्टिभल प्रत्येका दुई वर्षमा आयोजना हुदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार