थप १२७ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

३० माघ २०७७, शुक्रबार १७:४६ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा ४ हजार पीसीआर परीक्षण भएकोमा १२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ । हाल देशभर १ हजार ७ सय ७ सक्रिय संक्रमित रहेका छन्। ६२ जनाको कोरोना संक्रमितको आईसियुमा तथा १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका