निरकाजी गुरुङ र मन्जु गुरुङ्लाई अदालतबाट न्याय प्राप्त

१८ भाद्र २०६९, सोमबार ०१:५६ मा प्रकाशित

सुदिप पन्त, लस्एन्जेलस । क्यालिफोर्नियामा बस्ने नेपाली परिवार निरकाजी गुरुङ र उहाको श्रीमती मन्जु गुरुङलाई ब्यवसाय (थ्रेडिङ आखीभौ)मा साझेदारि हुँदा हुँदै पनि साझेदारिमा सारीक नगराइ पछी गुरुङ परिवारले मात्र ब्यबसाय यहाँको काउन्टीमा दर्ता गरेको भनी यहाँ स्थित बेल्फ्लावर कोर्टमा स्थानिय नेपाली निरज भट्टराईले केही महिना अगाडि गुरुङ परिवारलाई शु गरेका थिए । नेपाली नेपाली बिचको झगडालाई ठुलो नबनाइ आपासमा मिलाउन यहाँस्थित नेपाल अमेरिका एकता समाजको अध्यक्ष उमा थापा । गुरुङ समाजको अध्क्ष्य कृष्ण गुरुङ ,तारा गुरुङ ,स्वयम यो पत्रकारले पनि निज निरज भट्टराईलाई सम्झाउने प्रयत्न गरिएको थियो। केसलाई नजिक बाट नियाल्दा निज गुरुङ परिवारले जुन स्थानमा आफ्नो ब्यबसाय चलाएका छन त्यो ठाउँको लिज गुरुङ परिवारको नाममा नै देखिएको , पछी काउन्टीमा दर्ता गर्न जादा अङ्रेजी जान्ने ,पढ्न लेख्न जानेको भनेर मदतको लागि निज भट्टराईलाई लिएर जादा भट्टराईले दर्ता गर्दा पैसा लाग्दैन ,मेरो क्रेडिट स्कोर पनि बड्छ भनेर निरकाजी गुरुङ र आफ्नो नाममा मात्र ब्यवसाय दर्ता गरेको र सो कुरा पछी मात्र मन्जु गुरुङले थाहा पाये पछी बिरोध गर्दा निज भट्टराईले म अब कानुनीरुपले साझेदारी भये भनेर उल्टै गुरुङ पारीवारको ब्यवसायमा हिस्सा खोज्न थालेको ,अहिले सम्म गुरुङ परिवारलाई निज भट्टराईले ब्यबसाय साझेदारी हो भनेर कुनै पैसा पनि नदिएको तर पटक पटक गरी निज गुरुङ परिवारले १७०० अमेरिकि डलर चेक र नगद गरी दिएको ,बारम्बार केस झिक्छु भन्दै पैसा लिने गरेको उनिहरुको भनाइ रहेको थियो। यता निरजले भने ब्यब्साय गर्ने स्थानको खोजी गरेको ,आफुले त्यो ब्यब्सायलाई चल्ने बनाउन करीब चार महिनाकाम गरेको,आफ्नो पैसा कतै बाट आए पछी दिन्छु भनेर ब्यवसायमा मऔखिक् साझेदारी गरेको भनाइ रहेको थियो। कोर्टमा बहस भये पछी बाहिर निक्लदा निज निरजले यो पत्रकारलाई पनि गुरुङ परिवारलाई साथ दिएको आधारमा ज्यान मार्ने धम्की समेत दिएको र सो कुरा स्थानिय प्रहरिमा समेत रिपोर्ट गरी सकिएको छ। अदालतले भने बहस भएको भोली पल्टनै निरज भट्टराईले कुनैपनी रकम पाउने कानुनी आधार नदेखिएकोले यो शु केस यही समाप्त भएको छ भन्दै निर्णय सुनाएको छ । अदालतले सुनाएको निर्णयबाट कसैलाई राहत भयो होला त्यो आफ्नो ठाउमा छ ,तर हेर्दा सामान्य लाग्ने एस्तो प्रकारको केसमा धेरै नेपालीहरु आफ्नै नेपालीहरु बाट शोषित भएका कुरा हरु सुनिदै आएको छ। नेपाली मन ,नेपालित्व ,नेपाली माया र नेपाली इमान्दारिता चाँही साँच्चै प्रवाशमा हराएको नै हो त ?? खोजिनु आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न