अभिनेत्री शेर्लिन चोपडाद्वारा पैसाकै लागि यौन सम्बन्ध राख्दै आएको खुलासा

१७ भाद्र २०६९, आईतवार २०:५६ मा प्रकाशित

मुम्बई । प्लेब्वाइ म्यागेजिनमा नग्न तस्बिर खिचाएर चर्चामा रहेकी भारतीय अभिनेत्री तथा मोडल शेर्लिन चोपडाले पैसाको लागि शारीरिक सम्बन्ध बनाएको खुलासा गरेकी छन् । अहिले पनि त्यस्तो प्रस्ताव आउन गरेको पनि उनले बताएकी छिन। शेर्लिनका अनुसार धेरैले अनलाइनमार्फत् सम्पर्क नम्बर दिएर यौन सम्बन्धको प्रस्ताव राख्ने गरेका छन् ।
तर हिजो आज आफुमा परिवर्तन आएकोले पैसाका लागि सम्बन्ध बनाउन छाडेको शेर्लिन बताउँछिन् । ‘मैले बुझेँ, कुनै आवश्यकताका पुरा गर्न आफूलाई स्वतन्त्र छोड्न सक्तिनँ, म आँटिलो हुनुमा आनन्द मान्छु, फोटो वा फिल्ममा यौनिकता फैलाउन पाउँदा आनन्द आउँछ, अनियन्त्रित वासना वा आकर्षणको अन्तिम नतिजाका रुपमा म यौनमा रमाउँछु, तर माफ गर्नुस्, म अब पैसाको लागि यौन सम्बन्ध राख्ने गर्दिनँ,’ २८ वर्षे शेर्लिनले आफ्नो ट्वीटरमा ट्वीट गरेकी छिन ।

‘मलाई आभास भएको छ कि मानसिक, भावुक, आर्थिक वा अरु कुनै बाध्यतामा राखिएको शारीरिक सम्बन्धबाट कुनै आनन्द प्राप्त हुँदैन, हरेकको आत्मा वा अवचेतन मनमा एउटा असीमित शक्ति वा ज्ञान छ, जसमा हामीले विश्वास राख्यौं भने त्यसले जीवनलाई सम्वृद्ध बनाइदिन्छ,’ शेर्लिनले पैसाको लागि यौन सम्बन्ध राख्न छोड्नुको कारण दिएकी छन् ।

शेर्लिनले यो खुलासालाई आफ्नो सानो प्रायश्चित मानेकी छन्। ‘यो रहस्य खुलाउनुको कारण कसैको सहानुभूति पाउन वा म आफूलाई परिवर्तित देखाउन होइन, यो मेरो जीवनमा घटेको तथ्य हो,’ अभिनेत्री शेर्लिनले प्रष्ट पारि ।

शेर्लिनको स्वीकारोक्ति पढेर उनका प्रशंसकहरुले उनको खुलेर तारिफ गरेका छन् । प्रशंसकहरुले भनेका छन्शे र्लिनको इमानदारी, हिम्मत र सत्यताको प्रशंसा गर्ने पर्छ । शेर्लिन बिग बोसको तेस्रो संस्करणमा सहभागी भएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्