बेलायत सरकारको निर्णयप्रति डब्लुएनएसओको आपत्ति

१७ भाद्र २०६९, आईतवार २०:०२ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन, १७ भदौ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा यूरोपियन युनियन भन्दा बाहिरका विद्यार्थीहरु पढाउने अनुमति खारेज गर्ने बेलायत सरकारको निर्णय प्रति नेपाली विद्यार्थीहरुको अन्तराष्ट्रिय संजाल डब्लुएनएसओले आपत्ति जनाएको छ ।

डब्लुएनएसओले एक विज्ञप्ति जारिगरी लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको उक्त निर्णयसँगै विश्वविद्यालयमा अध्ययनरत करिब ५०० नेपाली विद्यार्थीहरुको भबिष्य अन्योलमा परेको खबरले संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा साठी दिन भित्रमा अर्को शैक्षिक संस्थामा भर्ना भैसक्नुपर्ने अथवा बेलायत छाड्नुपर्ने भन्ने बेलायत सरकारको आदेशले नेपाली विद्यार्थीहरु मर्माहित भएको पनि जनाइएको छ ।

पहिले नै लाखौँ खर्च गरी लण्डन पुगेको र लण्डन मेट्रो पोलिटन युनिभर्सीटिमा समेत लाखौँ रकम बुझाइसकेको अवस्थामा एकाएक पुनः नयाँ शैक्षिक संस्थाहरुमा करीव १० हजार पाउण्ड बुझाई भर्ना हुनुपर्ने अन्यथा बेलायत छाड्नु पर्ने भन्ने नियमले नेपाली विद्यार्थीहरुको लागि एउटा कठिन परिस्थिति सृजना भएको डब्लुएनएसओको ठहर छ ।

लाखौँ रुपैयाँ खर्च भएर पनि शैक्षिक अवसरवाट वञ्चित भई नेपाल फिर्ता आउनु पर्ने किसिमको यस अन्यायपूर्ण परिस्थितिवाट नेपाली विद्यार्थीहरुलाई मुक्त गरी नेपाली विद्यार्थीहरुको भविष्य अन्धकार हुनुबाट बचाइदिन बेलायत सरकार, लण्डन मेट्रोपोलीटन विश्वविद्यालय तथा संवन्धित सरोकारवाला निकायहरु समक्ष यस विश्वब्यापी नेपाली विद्यार्थी संगठन अनुरोध समेत गरेको छ ।

नेपाल सरकारद्धारा कुटनैतिक माध्यमबाट लण्डनस्थित नेपाली विद्यार्थीहरुको सो समस्या समाधानका लागि पहल गरिदिन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्