कलरफूल स्याडोजलाई सहयोग

२९ माघ २०७७, बिहीबार ०८:१९ मा प्रकाशित

भिएना । सन् २०१६ को डेनमार्क युरोपन क्षत्रीय बैठकमा डेनमार्कबाट दृष्टिबिहीन अनुजा गौतम र अर्की किशोरीले मंचमा आएर गरेको प्रस्तुतीबाट प्रभावित एनआरएनका अभियन्ताहरुले सहयोगको आश्वासन सहितको प्रतिबद्धता गरे।

परिणाम स्वरुप उनीहरुले नेपालमा दृष्टिबिहीनहरुलाई विभिन्न सहयोगको लागि संचालित संस्था कलरफूल स्याडोजलाई करीब रु ३० लाख रकम उनको परियोजनामा सहयोग गर्ने प्रतिबद्धता आयो तर समय बित्दै जाँदा गरिएको प्रतिबद्धता पुरा भएन।

यहि प्रतिबद्धता पुरा नभएको विभिन्न खबर सार्वजनिक भैरहेको अवस्थामा नेपाल पत्रकार महासंघ यूरोप शाखाको २८ औँ शृंखला अनुरुप फेसबुक लाईभ चलिरहँदा अनुजा गौतमले ‘एनआरएनएको ९ औँ सम्मेलनमा बोल कबोल गरेको पैसा ‘कलरफुल स्याडोज’ले अझै पाएको छैन, कहिले पाउने हो ? लौन यो प्रश्न राखिदिनुस्’, भनी अनुरोध गरेपछि, कार्यक्रमका अतिथीलाई पत्रकारहरुले प्रश्न राखेपछि बेलायतका आईसीसी सदस्य रामशरण सिमखडाले मञ्चमा गएर पैसा बोल कवोल गरेकाहरुबाट पैसा उठ्न नसकेका कारण पैसा पाउन नसकेको यथार्थ हो भनेपछि ”नेपाली शब्द” नामक अनलाइनले यस विषयमा खोज तलास गरेको थियो । तत्पश्चात उक्त कलर फूल स्यडोजको नाममा उठेको चन्दा दुरुपयोग बह्येको खबर पनि सार्वजनिक भयो।

यसैक्रम मा युरोपका पाँच गैरआवासीय नेपाली संघ बेलायत, आयरल्याण्ड डेनमार्क अस्ट्रिया स्पेन र पत्रकार महासंघ युरोप शाखा मिलेर गैर आवासीय युवाको पहिचान देश निर्माणमा भन्ने नारा सहिक डिसेम्बर १९ मा एक भर्त्चुयल कार्यक्रम आयोजना गरी २२६९,४० युरो अर्थात् ३,२२,२८७ (तीन लाख बाइस हजार दुइ सय सतासी )- रुपिया जम्मा गर्यो।

गत सोमवार १ फेब्रुअरी २०२१ क दिन एक कार्यक्रम आयोजना गरी उक्त रकम गैर आवासीय नेपाली संघ डेनमार्कको सहयोग मा उक्त रकम कलरफूल स्याडोजकी अनुजा गौतमलाई निकास गर्ने निर्णय भयो भने युरोप का पांच एन सिसि र पत्रकार महासंघ युरूप शाखा लाइ एकत्रित गरी कार्यक्रम सफल तुल्याउने बेलायत आइसिसि सदस्य रामशरण सिम्खडालाई सम्मानपत्रसमेत प्रदान गरियो।

युरोप का पांच एनसीसी र पत्रकार महासंघ युरोप शाखाको यो सहकार्यले भविष्यमा सामाजिक एकताको उदाहरणको रुपमा लिन सकिने रे उपस्थित सबै को थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका