पच्चीसवर्षे सेवापछि पत्रकारलाई पनि पेन्सन : सञ्चारमन्त्री यादव

१७ भाद्र २०६९, आईतवार १९:५८ मा प्रकाशित

काठमाडौं, १७ भदौ । संविधानसभा पुनःस्थापनले मुलुकको समस्याको निकास ननिस्किने दाबी सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले गरेका छन् । उनले दलहरूबीच पहिचानसहितको संघीयतामा सहमति गरेर निर्वाचनमा जानुपर्ने तर्क अघि सारेका छन् ।
आइतबार जनकपुर विमान स्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको निकास निर्वाचन नै भएको बताउंदै विगत केही दिनदेखि दलहरुबीच जारी वार्ता सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गरे ।
संविधानसभा पुनःस्थापनाको पक्षमा पनि दरिलै मत रहेको स्वीकार गर्दै उनले संविधानसभा पुनःस्थापनले मुलुकको समस्याको निकास ननिस्किने दाबी गरे ।
हालै प्रचण्डको नेतृत्वमा गठित संयुक्त मोर्चाको पहिलो प्राथमिकता निर्वाचन नै रहेको स्पष्ट गर्दै वर्तमान सरकारले मेधसका अनेकौं मुद्दाहरुलाई सम्बोधन गरेको दाबी गरे । सञ्चारकर्मीहरूको एक जिज्ञासाको जवाफमा मन्त्री यादवले राष्ट्रपति रामवरण यादवले पनि दलहरूबीच सहमति र सहकार्य नै चाहेको उल्लेख गर्दै सरकारले पठाउने अध्यादेश राष्ट्रपतिले फिर्ता नगर्ने प्रतिबद्धता व्यक्त गरे । अन्य कर्मचारी जस्तै पत्रकारहरूका लागि पनि केन्द्रीय पत्रकार कल्याण कोष गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले २५ वर्ष पत्रकारिता गरेका पाका पत्रकारहरूका लागि पेन्सनसरहको रकम उपलब्ध गराइने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।