कोरियामा समाज सेवी पुष्पा बस्नेतलाई अवार्ड, सम्मान र सहयोग

१७ भाद्र २०६९, आईतवार १९:५४ मा प्रकाशित

रघु त्रिपाठी, कोरिया । अभिभावकहरुको अपराधको भागीदार बनेर अभिभावकसँगै जेल जीवन बिताउन बाध्य बालिबालिकाहरुलाई करिब ८ वर्षदेखि शिक्षा दीक्षा दिदै आएको बाल विकास केन्द्र तथा पुतली घर नेपालकी संस्थापक पुष्पा बस्नेतलाई कोरियाको इल्गा फाउन्डेसनले यस बर्षको इल्गा युवा अवार्ड प्रदान गरेको छ ।

सउल स्थित छुङजङनो हलमा बिशेष कार्यक्रम आयोजना गरि शनिबार फाउन्डेसन निर्देशक किम सामले १ करोड कोरियन वन करिब ७ लाख रुपैया र सम्मान पत्र प्रदान गरेका थिए । बस्नेत यो अवार्ड पाउने पहिलो बिदेशी नागरिक र हाल सम्मकै कम उमेरकी महिला हुन् ।

सो समारोहमा अवार्ड र सम्मान लिदै सस्थापक बस्नेतले आफ्नो सम्मानलाई नेपाल र सम्पूर्ण नेपालीहरुको सम्मान भएको उल्लेख गर्दै यो सम्मानको हकदार अपराध बिना जेल सजाय भोग्न बाध्य भएका बालबालिकाहरु रहेको बताइन । बस्नेतले इल्गा अवार्ड अन्तराष्ट्रिय स्तरको पहिलो अवार्ड भएको जनाउदै यसले आफ्नो आश्रयमा रहेका बालबालिकाहरुको भबिष्य उज्याल बनाउन थप जिम्मेवार बनेको पनि प्रस्ट परेकी थिइन् । उनले हाल प्रारम्भिक बालविकास केन्द्रमा ३८ र सुनधारास्थिति डे कीयर सेन्टरमा ४ बालबालिका सहित ४२ बालबालिकालाई आश्रय दिइरहेको पनि बताइन ।

यसैक्रममा समाज सेवी बस्नेतलाई आइतबार कोरियाबाट संचालित एक अनलाईन पत्रिका नेपाल कोरिया न्युजको आयोजनामा यहाँ रहेका नेपाली तथा क्रियाशील दर्जन भन्दा बढी संघसंस्थाले एक कार्यक्रम आयोजना गरि संयुक्त रुपमा सम्मान गरेका छन् । सो सम्मान समारोहमा उनको संस्थालाई विभिन्न पेशामा आवद्ध नेपालीहरुले ४२ लाख वन करिब साढे ३ लाख नेपाली रुपैया संयुक्त रुपमा सहयोग गरेका छन् । सहयोग लिदै बस्नेतले संस्था स्थापना गर्दा आफु एक्लो छु जस्तो लागे पनि अहिले आएर देश विदेशमा आफ्ना धेरै सहयोगीहरु रहेको भन्दै खुशी ब्यक्त गरिन् ।

कार्यक्रममा दक्षिण कोरियामा रहेर समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका पत्रकार,बिद्यार्थी तथा समाजसेवीहरुलाई पुस्पा बस्नेतले कदर पत्र प्रदान गरेकी थिन् । अनलाईन पत्रिकाका सम्पादक पुरु जोशीको सभापतित्व तथा नेपाली सम्पर्क समितिका अध्यक्ष शंकर बस्नेतको बिशेष आतिथ्यमा सम्मन्न उक्त कार्यक्रमलाई पत्रकार गीरीराज कुँवरले सन्चालन गरेका थिए ।

समाजिक क्षेत्रका अग्रणी भूमिका निर्भाह गर्दै आएका कोरियामा रहेका स्थानिय पत्रकारहरुको पहलमा केही साता अघि हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको १० करोड रुपैयाको परोपकारी अक्षय कोषका लागि समेत झण्डै ११ लाख रुपैयाँ संकलन गरी पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र