प्रचण्डको प्रस्तावमा सहमति जनाए कांग्रेस र एमाले सकिन्छ: शेखर कोइराला

१७ भाद्र २०६९, आईतवार १९:४८ मा प्रकाशित

काठमाडौं, १७ भदौ । विघटित संविधानसभा पुनःस्थापनका लागि नेपाली कांग्रेसका केही सभासदहरु फेरि जुर्मुराइरहेका छन् । यति मात्र होइन, प्रमुख तीन राजनीतिक दलको नेतृत्व नैसंविधानका अन्तरवस्तुमा सहमति जुटाएर ‘केहिदिनका लागि मात्र’ भन्दै संविधानसभा पुनःस्थापनाका लागि सक्रिय बन्न थालेका छन् । तर, दलीय नेतृत्वको यस पहलकदमीलाई ठाडो चुनौती दिंदै कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले संविधानसभा कुनै हालतमा पनि ब्युंतन नसक्ने दाबी गर्नुभएको छ । संविधानसभा पुनःस्थापना हुने कुनै आधार नभएको तर्क नेता कोइरालाले पुनः दोहोरयाउनुभएको छ ।
सर्वोच्च अदालतले १४ जेठ भित्र संविधान निर्माण गर्न नसके अर्को बाटो तय गर्न भनिसकेको सन्दर्भ स्मरण गराउंदै कोइरालाले प्रश्न गर्नुभयो, ‘दुई वर्षका लागि जनादेश पाएको संविधानसभा चार वर्ष तीन महिनापछि कसरी पुनःस्थापना हुन्छ ?’ उहांले राजनीतिक सहमतिको आधारमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको जिकिर गर्दै संविधानका विवादित विषयहरुमा राजनीतिक दलहरुबीच सहमति पनि हुन नसक्ने ठोकुवा गर्नुभयो । राजनीतिक सहमतिविना अब कुनै काम हुन नसक्ने औंल्याउंदै उहांले ६ सय एकलाई बौराउने होइन कि अब तीन सय भन्दाबढि सदस्य नहुनेगरी निर्वाचनमा जानुपर्ने तर्क प्रस्तुत गर्नुभयो । एकल जातीय पहिचाहनको आधारमा प्रदेशहरु निर्माण भए मुलुकमा गृह युद्धमा फस्ने चेतावनी कोइरालाको थियो । एकलजातीय पहिचानसहितको दस प्रदेशमा कांग्रेस र एमालेलाई सहमत गराउन यतिबेला एमाओवादीका अध्यक्ष ज्यान दिएर लागेका छन्, यदि त्यसमा सहमति जनाए भने कांग्रेस र लएमाले सिद्धिने किटानी पनि शेखरले गर्नुभयो । कोइरालाले नाम र सिमाना पछि तोक्नेगरी माओवादीले दस प्रदेशमा अन्य दललाई मनाउने प्रयास गरिरहेको भन्दै पाहाडमा आठ र मधेसमा दुई प्रदेश माओवादीले किन चाहेको छ भन्ने नबुझेसम्म समस्याको समाधान नहुँने धारणा राख्नुभयो।
कोइरालाले बाबुराम भट्टराई नेतृत्वको सरकार एकपछि अर्को गर्दै तानाशाह बन्दै गएको आरोप लगाउँदै आन्दोलनबाट मात्र भट्टराई नेतृत्वको सरकार विस्थापीत हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार