छुरा प्रहार गरी दिनदहाडै युवकको हत्या

१७ भाद्र २०६९, आईतवार १९:३० मा प्रकाशित

काठमाडौं, १७ भदौ । राजधानीको बागबजारमा पांचजनाको समूहबाट खुलेआम छुरा प्रहार भई घाइते बनेका एक युवाको मृत्यु भएको छ । सिनांमगल बस्ने कैलाली जिल्ला टिकापुर ९ घर भएका १८ बर्षीय चिरञ्जीवी राज रेग्मीको छुरा प्रहारबाट मृत्यु भएको हो।
रेग्मीलाई बागबजारको श्रेष्ठ टेलरिङ अगाडि पाँच जनाको अपरिचित समूहले छातीमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई मोडेल अस्पतालमा लगिएकोमा त्यहां उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी चितवनको भरतपुर नगरपालिका ४ बस्ने २९ वर्षीय दुर्गा चौधरी पनि छुरा प्रहारबाट गम्भीर घाइते भएका छन्। शनिबार राति सोही ठाउँमा रहेको कुखुराको दाना फ्याक्ट्रीमा काम गर्ने २९ बर्षीय संजय चौधरीले टाउकोमा छुरा प्रहार गर्दा घाइते भएपछि उनको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका