बेनिशा र आर्यनको लभ पर्‍यो !

१७ भाद्र २०६९, आईतवार १८:११ मा प्रकाशित

काठमाडौं । कुनै ताका प्रेममा बल्ड्याङ खाएका नायक आर्यन सिग्देल हिजोआज फूर्तिला देखिन्छन् । प्रेम भन्नसाथै गम्भीर हुने आर्यनको अनुहार प्रेम शब्द सुन्नसाथै आजकाल चम्किलो हुन्छ । यसको राज हो, उनकी नयाँ प्रमिका बेनिशा हमालको साथ ।

नायिका बेनिशा र आर्यनको प्रेम यति झांगिएछ कि बेनिशा अस्पतालमा भर्ना भएको खबर सुन्नसाथै आर्यन हड्बडाउँदै अस्पतालमै भेट्न पुगे । तत्काल भेट्न नपाएपछि उनले आफ्नी प्रमिकाको अवस्था बेनिशाकी आमासँग बुझेर सान्त्वना लिए । तैपनि मन कहाँ मान्थ्यो र ! उनी छट्पटाइरहे ।

आर्यनको यो छटपटाहट वास्तविक जीवनमा नभई फिल्मी पात्रका रुपमा हो । अहिले छायांकन भईरहेको ‘महसुस’ सिनेमामा बेनिशा र आर्यन प्रेमीप्रमिकाको भूमिकामा देखिंदैछन् । बुधबार खिचिएको त्यसैको एउटा दृश्य हो, यो ।

नवल नेपाल निर्देशित यो सिनेमामा त्रिकोणात्मक प्रेम सम्बन्धलाई हेर्न सकिने छ । बेनिशासँगै आर्यनको लभ अफेयर केकी अधिकारीसँग समेत पर्ने छ । केकी र बेनिशामध्ये आर्यन कसको भागमा पर्ने छन् ? यसको उत्तर भने फिल्म हेरेपछि मात्रै पाइने छ । यो सिनेमाको लागत करिब ४० देखि ५० लाख पुग्ने निर्माण पक्षको आंकलन छ ।
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार