अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले आणविक सम्झौता पालनाका लागि प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेपछि बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो
२६ माघ २०७७, सोमबार १५:४७ मा प्रकाशित

न्यूयोर्क । अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका इरानमाथिको कुनै पनि प्रतिबन्ध हटाउन तयार नरहेको बताएका हुन् ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले आणविक सम्झौता पालनाका लागि प्रतिबन्ध हटाउनुपर्ने सर्त राखेपछि बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो ।

इरानले भने अमेरिकाले लगाएका सबै प्रतिबन्धहरू प्रभावकारीरूपमा हटेको पाइएमा इरानले आफूसहित विश्वका शक्ति राष्ट्रहरूबीच भएको आणविक सम्झौतालाई मान्ने बाध्य हुने बताउँदै आएको छ ।

युरोपेली युनियनका राष्ट्रहरुले पनि सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गर्न इरानलाई दवाब दिँदै आएका छन् । आर्थिक प्रतिबन्ध हटाउने सर्तत सन् २०१५ मा इरान आणविक कार्यक्रमका केही अंशलाई कम गर्न वा फिर्ता लिन सहमत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका