भारतको उत्तराखण्डमा हिमनदीको बाढी, ८ को मृत्यु, सयौं, बेपत्ता

बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ ।
२६ माघ २०७७, सोमबार ०८:२१ मा प्रकाशित

भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।

उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ ।

बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्‍याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो । हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत्‌ आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

बाढी तीब्र गतिमा अनायासै आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ । ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका