विद्यार्थी नेता कुटिएको विरोधमा नेविसंघद्वारा चक्का जाम

१७ भाद्र २०६९, आईतवार १२:४८ मा प्रकाशित

काठमाडौं, १७ भदौ । नेपाल विद्यार्थी सङ्घले आफ्ना विद्यार्थी नेता सुदर्शन पोखरेल र शङ्कर गौतमलाई आक्रमण गरिएको विरोधमा आज चक्काजाम गरेको छ। अनेरास्ववियु (क्रान्तिकारी)का कार्यकर्ताद्वारा नेविसंघ आयुर्वेद क्याम्पस, त्रिवि कीर्तिपुर एकाइका अध्यक्ष सुदर्शन पोखरेल र पूर्वअध्यक्ष शङ्कर गौतमलाई कुटेका थिए।
उनीहरुलाई सख्त घाइते बनाएको विरोधमा काठमाडौँ उपत्यकाका क्याम्पसका ढोका अगाडि बिहान ९स्३० देखि १० बजेसम्म चक्काजाम गरिएको हो। यही भदौ १३ गते राति कुटपिटबाट घाइते भएका पोखरेल र गौतमको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। नेविसंका प्रवक्ता युपी लामिछानेले किटानी जाहेरी दिँदा समेत प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको र दोषीलाई सरकारले संरक्षण दिन खोजेको आरोप लगाए। उनले भने, शैक्षिक संस्थामा बाहुबलको प्रयोग गरी आतङ्क मच्चाएर अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक वातावरण बिथोल्न खोजेको छ, कुटपिटका घटना तत्काल नरोकिए नेविसं चुप लागेर बस्दैन। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार