सहमति एक–दुई दिनमै : प्रचण्ड

१७ भाद्र २०६९, आईतवार १२:३५ मा प्रकाशित

काठमाडौं, १७ भदौ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक निकासका लागि संविधानसभाको पुनस्र्थापना उचित विकल्प भएको धारणा व्यक्त गरेका छन् । कार्यकर्ता प्रशिक्षणको लागि जनकपुर पुगेका दाहालले शनिबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै समस्या निकासको गहिराइमै पुग्नेगरी दलहरुबीच गम्भीर छलफल आरम्भ भएको जनाए । दाहालले राष्ट्रिय सहमतिको सरकारबारे कुनै विवाद नरहेको समेत दाबी गरे । जबकि, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रि«य सहमतिको सरकारबारे समझदारी नबनेसम्म अन्य विषयमा कुनै सहमति हुन नसक्ने बताउंदै आउका छन् ।
दलहरुबीच एक–दुई दिनमै सहमति हुने कथन प्रचण्डको छ । सरकारबारे सहमति हुन नसके ताजा जनादेशको लागि निर्वाचनमा जाने उनको भनाई छ । राष्ट्रपतिले आत्यावश्यक विधेयकबारे केही नबोलेर बसेको अवस्थालाई दाहालले ‘राजनीतिक गतिरोध अन्त्य गरी सहमति खोज्न चाहनुभएको’ रुपमा अथ्र्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस