अहिलेसम्मकै ठूलो र्‍यालीपछि म्यान्मारमा इन्टरनेट बन्द

र्‍याली भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।
२५ माघ २०७७, आईतवार ०८:४० मा प्रकाशित

म्यान्मार । म्यान्मारमा सैन्य कू विरोधमा अहिलेसम्मकै ठूलो र्‍याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ । र्‍यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्विटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो ।

गत फेब्रुअरी १ मा भएको कूसँगै इन्टरनेट सेवामा आंशिक रोक लगाएको थियो । यसअघि नै फेसबुकमा प्रतिबन्ध लगाइकेको छ ।

र्‍याली भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए ।

देशको मुख्य सहर यांगुनमा आयोजित र्‍यालीमा सहभागिहरुले सैन्य शासकको विपक्ष र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार