देउवासंग स्पष्टिकरण लिइने नेतृ कोइरालाको दाबी

१७ भाद्र २०६९, आईतवार ११:४२ मा प्रकाशित

 चन्द्रकान्त खनाल, बुटवल, १७ भदौ  । नेपाली कांग्रेसकी केन्दीय सदस्य एवम् पुर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले शेरबहादुर देउवा एक्लै बोल्दैमा पार्टीमा केहि फरक नपर्ने बताउनुभएको छ । वरिष्ठ नेता देउवाले सभापतिलाई गाली गर्देै हिंड्ने गरेको आरोप लगाउंदै कोइरालाले पार्टीका हरेक सदस्यले बहुमतको कदर गर्दै अघि बढ्नु पर्ने र देउवालाई पार्टीले स्पष्टीकरण लिने अभिव्यक्ति दिनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देही शाखाले आइतबार बुटबलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतृ कोईराललाले उक्त कुरा बताउनुभएको हो । देश संघीयताले नटुक्रिने बताउंदै राजनीतिक दलहरुबिच सहमति भइरहेको बताउनुभयो । मुलुकलाई निकास दिनको लागि कुनै पनि राजनीतिक दलहरु बाधक नबने बताउंदै कोईरालाले अबको नेतृत्व नेपाली कांग्रेसको हुने बताउनु भयो । पार्टीमा सामान्य विवाद रहेको बताउंदै यो सहमतिमै मिल्ने उहांको भनाई थियो । नेपाली कांग्रेसले बहुमतबाटै प्रधानमन्त्रीको उम्मेदवार बताउने समेत बताउनुभयो ।
संघीयताको कुरा नमिलेकोले अहिलेको अवस्था आएको बताउंदै ९० प्रतिसत संविधानको काम पुरा भएको छ, यसमा कुरा मिलेपछि एक महिनामै संविधान बन्ने उहांको भनाई रहेको छ । नेपालमा ६ वटा प्रदेश बन्ने सहमति भइसकेको कोइरालाको भनाई थियो । देशलाई निकासको लागि संविधान पुनःस्थापना नभए पनि विकल्पको रुपमा रहेकोले यो केहि दिनको लागि भएपनि नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि हुने बताउनुभयो । देश टुक्रिन्छ भन्नु गलत भएको बताउंदै नेपाललाई भारत र चिनले टुक्रिन नदिने बताउनु भयो । भारत र चीनबाट सहयोग लिएर विकासको मुल फुटाउन सकिने उहांको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार