रुसले तीन देशका कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

२४ माघ २०७७, शनिबार १७:०७ मा प्रकाशित

मस्को । रूसले तीन देशका कूटनीतिज्ञहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको प्रदर्शनमा भाग लिएको भन्दै राष्ट्रपति भ्यादिमिर पुटिनले जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेका हुन् ।

जनवरी २३ मा भएको अवैध प्रदर्शनमा सहभागी भएकाले तीन कूटनीतिज्ञलाई निष्काशित गरिएको रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । जर्मनी, स्वीडेन र पोल्याण्डले रुसी निर्णयको विरोध गरेका छन् । स्वीडेनको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञले कुनै पनि प्रदर्शनमा भाग नलिएको दाबी गरेको छ । अन्य मुलुकले कुनै प्रतिक्रिया दिएका छैनन् ।

बेलायत, फ्रान्स र युरोपेली युनियनले पनि सो घटनाको विरोध गरेका छन् । नाभाल्नी जर्मनीमा लामो उपचारपछि उनी गत महिना रुस फर्किएका हुन् । उनलाई तीन वर्ष कैद सजाय सुनाइएको छ । नाभाल्नीविरुद्ध सरकारले चालेको कदमलाई लिएर रुसमा प्रदर्शन समेत हुँदै आएको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक