म्यानमारमा सेनाको कू विरुद्ध प्रदर्शन चर्किँदै

आन्दोलनमा सहभागीहरुले प्रजातान्त्रिक जननिर्वाचित सरकार पूनर्वहालीको माग गरेका छन् । म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीहरुले साङ सूचीसहितका नेताको रिहाईको माग गरेका छन् ।
२४ माघ २०७७, शनिबार ०९:१७ मा प्रकाशित

म्यानमार । मा सेनाको ‘कू’ विरुद्ध म्यानमारमा प्रदर्शन हुन थालेको छ । शुरुमा कू पछि केही शान्त जस्तो देखिएको म्यानमारमा पछिल्लो समय विस्तारै विरोधहरु भैरहेका छन् । विभिन्न भागहरुमा मानिसहरु सडकमा ओर्लिएर कू को विरोध गरेका छन् । नागरिकहरुले गरेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन् ।

आन्दोलनमा सहभागीहरुले प्रजातान्त्रिक जननिर्वाचित सरकार पूनर्वहालीको माग गरेका छन् । म्यानमारको ठूलो शहर यांगूनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीहरुले साङ सूचीसहितका नेताको रिहाईको माग गरेका छन् ।

शुक्रबार दिउँसो सयौँ विद्यार्थी तथा शिक्षकहरु यांगूनको विश्वविद्यालय बाहिर जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । कपडामा रातो रिवन लगाएर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । रातो रंग जो सूचीको पार्टीको रंग हो ।

सैन्य कू पछि नेतृ सूकीसहित अन्य नेताहरु हिरासतमा रहेका छन् । गत सोमबार सेनाले निर्वाचित नेतृ आङ साङ सूचीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

सूचीका वकिलले उनलाई घरमै नजरबन्दमा राखिएको जनाएका छन् । सूचीले बिना शर्त आफु, राष्ट्रपति र पक्राउ परेका अरु नेताहरुको रिहाइको माग गरेकी छिन् ।

यसैबीच सैनिक सरकारले फेसबुकपछि इन्स्टाग्राम र ट्वीटर पनि बन्द गराएको छ । शुक्रबार रातिदेखि इन्स्टाग्राम र ट्वLटर पनि बन्द गराइएको हो । त्यहाँ टीभी, रेडियो, पत्रिका पहिलेदेखि नै बन्द छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम