अमेरिकी कामदार भिसा लोटरीको आवेदन मार्च ९ देखि खुल्ने

२४ माघ २०७७, शनिबार ०६:०८ मा प्रकाशित

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९ देखि मार्च २५ सम्म प्रारम्भिक आवेदन खुला गरिएको हो ।

यो अवधिमा कुनै कामदारका लागि आर्थिक बर्ष २०२२ को कामदारभिसा एचवान बीका लागि प्रारम्भिक आवेदन दिन चाहने आवेदक वा प्रतिनिधिले भिसा स्पोन्सर गर्न चाहेको कामदारको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । समयमा गराइएका हरेक दर्ताका लागि दर्ता नम्बर उपलब्ध गराइने युएससीआईएसले जनाएको छ ।

दर्ताका लागि युएससीआईएसको अनलाइन एकाउन्ट प्रयोग गर्नुपर्नेछ भने दर्ता शुल्क १० डलर तिर्नुपर्नेछ । आफ्ना सम्भावित कामदारका तर्फबाट। आवेदन दिने अमेरिकी रोजगारदाता वा एजेण्टलाई रजिष्ट्यान्टको श्रेणीमा राखिएकाले उनीहरुले रजिष्ट्रयान्ट एकाउन्ट प्रयोग गर्नुपर्नेछ । जुन छिट्टै उपलब्ध हुने युएससीआईएसले जनाएको छ ।

त्यस्तै रोजगारतादाता कम्पनीले कानूनी प्रतिनिधिहरु लगाएको खण्डमा त्यस्ता प्रतिनिधिहरुले आफ्नो एकाउन्टमा ग्राहक कम्पनीलाई थप्न पाउनेछन् । तर सम्भावित कामदारको विवरण भने मार्च ९ पछिमात्र भर्न र पेश गर्न सकिनेछ । त्यस्तै १० डलर शुल्क पनि मार्च ९ पछि नै तिर्न सकिनेछ ।

रोजगारदाता आवेदक वा प्रतिनिधिहरुले एउटा अनलाइन सेसनमा कामदार भिसामा ल्याउन चाहेका धेरैको विवरण एकैपटक पनि समावेश गर्न सक्नेछन् । अन्तिम शुल्क तिर्नुभन्दा अगाडि र सब्मिट गर्नुभन्दा अगाडि यस्तो विवरण सम्पादन गर्न सकिनेछ । तर शुल्क तिरेर सब्मिट गरेपछि भने सम्पादन गर्न सकिनेछैन ।

मार्च २५ सम्म प्रयाप्त आवेदनहरु प्राप्त गरेको खण्डमा लोटरी प्रणालीबाट छनौट गरेर मार्च ३१ सम्म आवेदकलाई जानकारी दिइने युएससीआईएसले जनाएको छ । छानिएका लाभग्राहीका सन्दर्भमा मात्र त्यसपछि कामदार भिसाको प्रकृया अगाडि बढाउनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै