राष्ट्रपति बाइडेनको प्रस्तावित १.९ खर्ब डलरको कोभिड राहत प्याकेज सिनेटबाट अनुमोदित

२४ माघ २०७७, शनिबार ०६:०२ मा प्रकाशित

वाशिंगटन । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १.९ खर्ब डलरको कोभिड राहत प्याकेज सिनेटमा पारित भएको छ । लामो बहस र रिपब्लिकन पार्टीको असहमति बिनानै शुक्रबार बिहान १.९ खर्ब डलरको कोभिड राहत सहयोगको बिल पारित भएको हो ।

यस अघि उक्त कोभिड राहत प्याकेज तल्लो सदनले पारित गरि माथिल्लो सदनमा पठाएको थियो । हाल सिनेटमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको बराबरीको हैसियत भएकोले उपराष्ट्रपति कमला ह्यारिसको निर्णायक मत प्रयोग गर्दै उक्त बिल सिनेटबाट पारित भएको हो ।

रिपब्लिकनले उक्त १.९ खर्ब डलरको कोभिड राहत प्याकेजलाई संसोधन गर्न राष्ट्रपति बाइडेनलाई प्रस्ताव राखेका थिए । अब यो बिधेयक पारित भए पछि राष्ट्रपतिले हस्ताक्षर गरे लगत्तै राहत वितरण सुरु हुन्छ ।

यो बिल पारित भएसंगै अप्ठ्यारो र कठिन आर्थिक स्थितिमा रहेका अमेरिकी जनतालाई कूल २ हजार डलर दिने घोषणा गरेका राष्ट्रपति बाइडेनको चुनावी प्रतिवद्धता पुरा हुनेछ । स्मरण रहोस घोषणा गरिएको २ हजार डलर राहत मध्ये ६ सय डलर अमेरिकी जनताको खातामा यस अघि नै जम्मा भैसकेकोले बाकि १४ सय डलर उपलब्ध हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु