फिरौतीमा कुरा नमिलेपछि बालकको हत्या, भारतीय प्रहरील घटनाको एक वर्षपछि कारवाही प्रक्रिया अघि बढायो

१७ भाद्र २०६९, आईतवार ०८:०२ मा प्रकाशित

बुटवल, १७ भदौ । रुपन्देहीको मर्चवारका १० वर्षीय बालक दिवाकर यादवको हत्यामा संलग्न अभियुक्तलाई भारतीय प्रहरीले घटनाको एक वर्षपछि कारवाही प्रक्रिया अघि बढाएको छ । भारतको महाराजगञ्ज जिल्ला बृजमनगञ्ज थानाले पीडित पक्षको जाहेरी दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको हो । हत्यामा संलग्न ११ अभियुक्तलाई कानुनी कारवाही अघि बढाउन अदालतले दिएको आदेशको अवज्ञा गरेको भन्दै भारतीय प्रहरी अधिकारीहरुप्रति मानहानीको मुद्धा दर्ता गर्ने तयारी गरेपछि जाहेरी लिएर कारवाही अघि बढाइएको हो । सीमावर्ती भारतीय गाउ  बृजमनगञ्जमा हत्या गरिएका रुपन्देहीको मर्चवारका १० वर्षीय बालक दिवाकरको हत्यामा संलग्नलाई मुद्धा चलाउन अदालतले मिति तोकेर दिएको आदेशलाई भारतीय प्रहरीले वेवास्ता गर्दै आएको थियो ।

भारतको महाराजगञ्ज जिल्ला न्यायालयले दिवाकरको हत्यमा संलग्न अभियुक्तहरुमाथि सात दिनभित्र मुद्धा चलाउन बृजमनगञ्ज थानालाई आदेश दिएको थियो । यो सात दिनको म्याद साउन १५ गते सकिइसके पछि कुनै कारवाही अघि नबढेपछि अदालतको मानहानी गरेको भन्दै प्रहरी विरुद्ध मुद्धा दायर गर्ने तयारी भइरहेको चाल पाएपछि बृजमनगञ्ज थानाले जाहेरी दर्ता गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एक अधिकृृतले बताए ।
‘साता अघि जाहेरी दर्ता भएको छ, अभियुक्त विरुद्ध कारवाही अघि बढाउन बल्ल भारतीय प्रहरी अधिकारीहरु तयार देखिएका छन्–दिवाकरका बाबु परशुराम यादवले भने । ढिलै भएपनि जाहेरी दर्ता गरेर भारतीय प्रहरीले राम्रंै काम गरेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए । भैरहवाको लुम्विनीरोडस्थित नेपाल नालन्दा बोर्डिङ स्कुल कक्षा २ मा पढ्ने १० बर्षीय दिवाकर २०६८ साल जेठ २९ गते स्कुलबाट घर फर्कदै गर्दा अपहरणमा परेका थिए । अपहरणको नौ महिनापछि गत माघमा भारतको बृजमनगञ्जस्थित घोलामा गाडिएको अवस्थामा दिवाकरको कंकाल भेटिएको थियो । कंकाल भेटिएपछि घटनामा संलग्न अभियुक्तहरुलाई कारवाही अघि बढाउन नेपाली प्रहरीले पटक पटक गरेको आग्रहलाई भारतीय प्रहरीले अटेर गरेपछि पीडित परिवार न्यायका लागि अदालत
पुगेका थिए । रुपन्देहीको रोहिणीहवा–४ का यादवले छोरालाई बोर्डिङ स्कुल पढाउन भैरहवास्थित बहिनीको घरमा राख्दै आएका थिए । दिवाकरलाई ललाई फकाई उनका मामा नाता पर्ने दुर्योधन यादवले अपहरण गरेर सीमा पार गराएको प्रहरी अनुसन्धानले देखाएको छ । यो घटनामा भारतीय नागरिक रमेश यादव, झिनक
मुसलमान, आंशु सिंह, तुल्ला मुसलमान, मन्सुर आलम मुसलमान र श्रवण पाण्डे तथा नेपाली नागरक दुर्योधन यादव, आलम चुरिहार, बर्कत अली, कुदरत अली र अरमान मुसलमान संलग्न रहेको अभियोग छ । दिवाकरका बाबु परशुरामसंग ७५ लाख रुपैंया फिरौती मागेका अपहरणकारीले बालकलाई भारतको नौतनवादेखि बृजमनगञ्जसम्मको क्षेत्रमा ठाउ सार्दै राखेका थिए । अपहरणको केही दिनभित्रै फिरौतीमा कुरा नमिलेपछि उनीहरुले बालकलाई हत्या गरी बृजमनगञ्जको घोलामा शव गाडेका थिए ।

तस्बीर : भारतको वृजमनगञ्जमा खनेर गएको माघमा दिवाकरको कंकाल निकालिदै

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा