अजिंगर पनि घरकै सदस्य

१७ भाद्र २०६९, आईतवार ०७:५५ मा प्रकाशित


काठमाडौं, १७ भदौ । घरमा जनावर पाल्ने सोख भएका मानिसहरु सामान्यतया घरमा कुकुर, बिरालो जस्ता जनावर पाल्ने गर्छन् । तर, समाजमा यस्ता व्यक्तिहरुको पनि कमी छैन जो जनावर पाल्ने सोखमा पनि फरकपन प्रदर्शन गरेर चर्चा बटुल्छन् । यस्तैहरुमध्येका एक हो बेलायतका पिटर राइस परिवार ।
बेलायत क्याम्ब्रिजस्थित गुहारिननिवासी पिटर दम्पतीले घरमा कुकुर बिरालो होइन १७ फिट लामो अजंगको सर्प पालेको छ । सेतो–पहेंलो वर्णको सो अजिंगरको नाम पिटर परिवारले लिली राखेको छ । लिली बेलायतकै सबैभन्दा ठूलो पाल्तु अजिंगर कहलाइएको बताइन्छ । पिटर राइस र उनकी पत्नीले अफ्नो तीन बेडरुमको घरमा २५ वर्ष अघिदेखि यस्तो अजिंगर पालेका हुन् । उक्त अजिंगरलाई सिंगै एउटा कोठा छुट्टाइएको छ र सो अजिंगर कोठाभित्र तथा बाहिर र घरैबाहिर आएर समेत मज्जाले बस्ने गर्छ । उक्त अजिंगरलाई खानाको रुपमा हरेक तीन हप्तामा एउटा सिंगै खरायो दिइन्छ । घरमा अजिंगर पालिएका कारण राइस दम्पतीकी १६ वर्षिया छोरीसमेत घिस्रने जन्तुकी पारखी बनेकी र उनलाई घिस्रने जन्तुको अध्ययनका लागि मिल्टन जिव कलेजमा भर्ना समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै

काठमाडौँ । जी-७ देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा

काठमाडौँ । अमेरिकाको मोजावे मरुभूमिमा अवस्थित एउटा सहर लस भेगास । एक समय थियो जब लस भेगास डाकुहरूको मनपर्ने ठाउँ

आजको प्रमुख समाचार