नेपाल बन्द नामको आजको जात्रा- नेताको संवैधानिक ज्ञानमापन

आन्दोलनका माग र मुद्दा फेर। हिजो भएका आफ्नै कमजोरीका लागि जनता सँग माफी माग। जनता बिच जाने शिष्ट र रचनात्मक उपाय सोच। समग्र राजनीति फेर्ने संकल्प गर। त्यसैका आधारमा लोकतान्त्रिक र अग्रगामी शक्तिहरूको बृहत मोर्चा बनाउँ।
२३ माघ २०७७, शुक्रबार ०१:११ मा प्रकाशित

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज स्कूल गइन, आन्दोलनकारीहरुले गाडी चल्न दिएनन्, मान्छे हिड्न दिएनन् , स्कूल पनि चल्न दिएनन्” पाँच वर्षीय बालकको भोइस मेसेज सुन्दै र सामाजिक संजाल हेर्दै गर्दै ट्याक्सी जलेको, तरकारी यत्रत्यत्र फ्याकेको फोटोहरुले धेरैका फेसबुक खाता भरिसकेको थिए भने आन्दोलनका मुख्य योजनाकार प्रचण्ड चिल्लो गाडी चढेर नेपाली प्रहरीको सुरक्षा बलसहित प्रदर्शन केन्द्रमा चिउरा र पानी खाएको नाटक गर्दै आन्दोलनकारीका सहानुभूति बटुल्न व्यस्त देखिन्थे। त्यो भन्दा लाजमर्दो उनका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले क्याटरिङबाट भाडा ल्याएर सडकमै भात पकाएर खान र खुवाउन समेत भ्याए। श्रमजीवी सामान्य जनताको बाच्ने मानव अधिकारलाई हनन गरी आह्वान गरिएको यो विरोध के को लागि?

हड्तालको अनुगमनमा निस्किएका नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले, ”प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको” अभिव्यक्ती संचारकर्मीलाई दिएकाछन्। हड्तालको अनुगमन भन्दा छिमेकीको घर गएर जनता आवाज सुनेको भए पुर्व प्रधानमन्त्री र दरबार हत्याकाण्डको सत्यताका साछी माधवकुमार नेपालले बरु अर्को चुनावको लागि जनताको सहानुभूति बटुल्थे होलान।

नेपालको आम हड्तालले लामो इतिहास बोकेको छ तर २०४६ साल यताका आन्दोलन र हड्तालले ठुलो भौतिक क्षति गरेको छ। यसको लेखाजोखा गर्ने आट न त यो पुस्ताका नेताहरुलाइ छ न त आउने पुस्तालाइ नै छ। यो पुस्ताको एउटा समुह राजनीति गरेर आफ्नो र सन्तानको भविष्य सुधार्न व्यस्त छ र अर्को समुह रेमिटान्सबाट कति रकम भित्रियो र देशको अर्थतन्त्र बलियो बनाउन वैदेशिक रोजगारीको भूमिका र महत्वको लेखाजोखा गर्न व्यस्त छ। हुन त संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड-माधव समूहले नेपाल बन्दको आह्वान गरेको हो । ४० वर्षको इतिहास बोकेको बन्दले नेपाली जनतालाइ नेताप्रति श्रद्धा घटाउन ठुलो मद्दत गर्दागर्दै पनि लाज पचाएर नेपाल बन्द रोक्ने हिम्मत कसैले गर्दैन। आमजनताको विरोध हुँदाहुँदै पनि विरोधको नाममा जनतालाइ यातना दिने नेतृत्व तहका नेताहरु आफ्नै गतिविधिमा या मौन देखिन्छन् या अदृश्य मौन सहमति जनाउछन ।

पद र नेतृत्वको लडाई लडिरहेका लडाकु राजनीतिज्ञहरुको सामुहिक सहमतिमा जारी नेपालको संबिधान २०७२ को परिछेद ३ मा ”मौलिक हक र कर्तव्य”विधाको धारा १६ मा लेखिएको छ ”सम्मानपूर्वक बाँच्न पाउने हक र उप धारा १ मा लेखिएको छ ” (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। धारा १७ स्वतन्त्रताको हक को उपधारा (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रता बाट वन्चित गरिने छैन। साथसाथै उपधारा २ को (ङ) मा नेपालको कुनै भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता हरेक नागरिक लाइ संबिधानले दिएको छ। संबिधानले तोकेको स्वतन्त्रतालाइ आफ्नो अनुकुलता अनुसार प्रयोग गर्नु राजनीतिज्ञहरुको मुर्खता हो। धारा १७ स्वतन्त्रताको हक को उपधारा (२) (ख) विनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता राजनीतिज्ञहरुलाइ पनि छ तर नागरिकको हक अधिकार र स्वतन्त्रता छिन्नेलाइ तोकिएको कानुनी सजायको दिन नसक्नु र जनता जीउधन र सम्पतिको सुरक्षा गर्न नसक्नु सुरक्षा निकायको कमजोरी हो र संबिधानको अवहेलना गरी नागरिकलाइ डरत्रास पैदा गर्ने वातावारणको सिर्जना हुँदा कुनैपनि प्रक्रिया वा अधिकार प्रयोग नगरी मुक दर्शक भएर तमासा हेर्नुले व्यवस्थापिका र न्यायपालिकाको स्तर प्रष्टसंग बुझिन्छ। विरोध गर्ने कसैको बाध्यता होला तर बाँच्न पाउनु अधिकार हो। नागरिकको बाँच्न पाउने अधिकार खोस्ने जो कोहिलाइ नेपालको कानुनले सजाय दिदैन भने अब अन्तर्राष्ट्रिय कानुनको सहारा लिने बेला आइसकेको छ। हड्ताल र आन्दोलन हेर्दै हुर्किएको आरोन जस्ता कयै बालबालिकाको भविष्य बनाउन अब ढिलो गर्न हुँदैन नत्र बन्दको इतिहाससंग जन्मिएको मेरो पुस्ता झैँ आरोनको पुस्ता पनि नेताकै नाच हेरर देश बिकासको सपना देख्न सिवाय केही गर्न सक्दैन।

आजको बन्दका बारेमा पूर्व राजा र केहि राजनीतिज्ञहरुले समेत आफ्ना फेसबुक र ट्वीटर मार्फत निम्न अभिव्यक्ति दिएका छन।

”जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ । सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ”- पूर्व राजा ज्ञानेन्द्र शाह – ट्वीटर

”आन्दोलनको तरिका भएन।
आन्दोलनका माग र मुद्दा फेर। हिजो भएका आफ्नै कमजोरीका लागि जनता सँग माफी माग। जनता बिच जाने शिष्ट र रचनात्मक उपाय सोच। समग्र राजनीति फेर्ने संकल्प गर। त्यसैका आधारमा लोकतान्त्रिक र अग्रगामी शक्तिहरूको बृहत मोर्चा बनाउँ।
बन्दलाई सधै बन्द गर”- फेसबुक पोस्ट केशब दाहाल – नेता विवेकशील साझा

”विवेकशील साझाले
– नेपाल बन्द कहिल्यै गर्दैन।
– पढ्नु पर्ने विद्यार्थीलाई टायर बाल्न पठाउँदैन।
– यती, ओम्नी, बालुवाटार, लाउडा, धमिजाजस्ता काण्ड गर्दैन।
– सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निशुल्क र गुणस्तरीय बनाउँछ।
– संविधान घाइते पारेर चुनाव गर्न ८ अर्ब बजेट खोज्दैन।
– बरू त्यति पैसाले विपन्न क्षेत्रमा ४ वटा अत्याधुनिक अस्पताल बनाउँछ।
ट्याक्सी जलाएर गरिवलाई रूवाउनेहरूलाई सदबुद्धि मिलोस्! बन्दले देश बन्दैन”- फेसबुक पोस्ट रबिन्द्र मिश्र – नेता विवेकशील साझा

केपी ओलीको असंवैधानिक कदम विरुद्धको आमहडतालमा सहभागी हुँदै – अध्यक्ष प्रचण्ड, फेसबुक पोस्ट

देश र जनताकै लागि जेल पसेका, जंगल छिरेका कथा अब पुरानो भैसक्यो र लाखौ युवालाई खाडी र प्रवासले धान्न नसक्ने स्थितिकोरोना भाइरस ले सिर्जना गरेको अवस्थामा विरोधको विकल्प खोज्न नसक्ने नेतृत्वले जनता को भोट ले चुनाव जित्ने आशा अब छोड्नु नै उपयुक्त हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।