‘दश वर्षमा देश बनाउंछु’ : गच्छदार,, ‘प्रचण्ड ठेकेदार हुन्’ : लक्ष्मण थारु

१७ भाद्र २०६९, आईतवार ०७:४८ मा प्रकाशित

काठमाडौं, १७ भदौ । दिनप्रतिदिन मुलुकको राजनीति बिग्रंदै गएको परिवेशमा मुलुकका ठूला दलका मै हुं भन्ने नेताहरु निकासको मार्ग पहिल्याउन नसकेर अन्योलग्रस्त देखिन्छन् । तर, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउने दाबी गरेर सबैलाई आश्चर्यमा पारेका छन् । उनले आफूलाई आशावादी व्यक्ति घोषणा गदे अबको दस वर्षभित्र जसरी पनि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याइछाड्ने ठोकुवा गरेका छन् । थारु विद्यार्थी समाजले आफ्नो १८औं स्थापना दिवसको अवसरमा ललितपुरको धोविघाटमा आयोजना गरेको कार्यक्रममा उनले सो दाबी गरेका हुन् ।

गृहमन्त्री गच्छदारले सो कार्यक्रममा कुर्सीकै कारण यो देशको स्थिति दयनीय र नाजुक बनेको बताउंदै भने, ‘तर म आशावादी छु, अबको दस वर्षमा नेपाली राजनीतिको धार परिवर्तन गर्नेछु ।’ एसएलसी परीक्षाको विशिष्ट श्रेणीमा पास भएका थारु विद्यार्थीमध्ये एकले मात्र राजनीतिमा लाग्छु भनेको सन्दर्भ उल्लेख गर्दै उनले नेपाली राजनीतिलाई घृणाको दृष्टिले हेरेकाले विद्यार्थीमाझ नाकारात्मक असर पुगेको अभिव्यक्ति दिए । गृहमन्त्री गच्छदारले प्रश्न गरे, ‘आजका विद्यार्थीले नै देशबारे नसोचे कसले सोच्ने ?’
सोही अवसरमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले अतिवादीहरुको गुटले थारु पहिचानलाई समाप्त पार्न तयारी गरिरहेको बताउंदै त्यस्ता अतिवादीको ठेकेदार प्रचण्ड भएको आरोप लगाए । थारुले ‘ठेकेदार प्रचण्ड’को कुरामा नलाग्न नेताहरुलाई आग्रह गर्दै भने, ‘प्रचण्डको कुरा नपत्याउनुस्, किनकि तिनी संघीयता हैन एकअर्कालाई जुधाउन उद्यत छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको