एक–दुई वर्षभित्रै घरजग्गा कारोबार पुरानै अवस्थामा फर्कने

१७ भाद्र २०६९, आईतवार ०७:४३ मा प्रकाशित

काठमाडौं, १७ भदौ । बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले ऋण लगानीमा सीमा लगाएको साढे तीन वर्षपछि घरजग्गा किनबेच कारोबारमा बढोत्तरी देखिएको छ । साढे तीन वर्षको अवधिमा मुल्यमा केही कमी आएकाले किनबेच बढ्न थालेको हो । ठुला व्यवसायी र सर्वसाधारणले बैंक कर्जा तिर्न केही मुल्य घटाएर बेचेकाले कारोबार बढेको बताइन्छ । कतिपय व्यवसायी र सर्वसाधारणकै पनि घरजग्गा लिलामीमा चढेको छ । लिलामी बिक्री भएर पनि राजस्व बढेको हुनसक्ने अनुमान गरिएको छ ।
घरजग्गाको मुल्य बढ्न भने अझै एक–दुई वर्ष लाग्ने यसक्षेत्रका जानिफकारहरुको कथन छ । ‘केही महिनादेखि काठमाडौं उपत्यका र तराईका सहरी क्षेत्रमा घरजग्गा किनबेच बढेको छ, घरजग्गा किनबेचमा आएको सुधारले यसबाट उठ्ने राजस्व पनि बढाएको छ’, भूमिसुधार तथा व्यवस्थापन विभागका तथ्यांक अधिकृत राजु बस्नेतले बताए । उनका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा काठमाडौं उपत्यकाका पांच मालपोत कार्यालयले घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्व २३ करोड १४ लाख रुपैयां उठाएका छन् । गत आर्थिक वर्षको साउनको तुलनामा यो करिव दोब्बर हो । गत वर्ष साउनमा रजिष्ट्रेशनबाट करिव १२ करोड ५२ लाख रुपैयां संकलन भएको थियो । पछिल्ला दुई वर्षलाई हेर्दा कुनै पनि महिनाको कारोबार १५ करोड रुपैयाभन्दा माथि जान सकेको छैन । खासगरी यो कारोबारबाट प्रत्येक महिना १२–१३ करोड रुपैयां मात्र उठ्ने गरेको थियो । तर, साउनजस्तो वर्षातको मौसममा पनि २३ करोड राजस्व उठ्नु वास्तवमै कारोबारमा सुधार आएको संकेत हो भन्ने विभाग कर्मचारीको भनाई छ ।
उपत्यकालगायत मुलुकका अधिकांश क्षेत्रमा अस्वभाविक रुपमा मुल्य बढेपछि राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गा, अपार्टमेन्ट र हाउजिङ क्षेत्रको लगानी कम गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । यो निर्देशनपछि बैंकहरुले लगानी घटाउंदा घरजग्गाको कारोबार ८० प्रतिशत र मुल्य ३०–४० प्रतिशतसम्मले घटेको थियो । अहिले उपत्यकाबाहेक झापा, सुनसरी, मोरङ, मकवानपुर, चितवन, रुपन्देही, नेपालगन्ज, कन्चनपुरजस्ता तराइका सहरी क्षेत्र र कास्कीमा पनि केही समययता कारोबार बढेको छ । यस्तै सहरोन्मुख पहाडी जिल्लामा पनि किनबेच बढिरहेको बताइन्छ । विगतमा बैंक तथा वित्तिय संस्थाको लगानी र दलालहरुको चलखेलले यिनै क्षेत्रहरुमा मुल्य र कारोबार उच्च भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता