बनमन्त्रीले गरे आफूखुशी भारत भ्रमण

१७ भाद्र २०६९, आईतवार ०७:३९ मा प्रकाशित

काठमाडौं, १७ भदौ । बहालवाला मन्त्रीले विदेश भ्रमण गर्नुपर्दा परराष्ट्र मन्त्रालयलाई जानकारी दिएर वा परराष्ट्रको स्वीकृति लिएर मात्र जानुपर्ने व्यवस्था छ । तर कतिपय मन्त्रीहरु आफूखुशी विदेश भ्रमणमा निस्कने गरेका छन् । यस बेथितिको पछिल्लो उदाहरण बनेका छन् वनमन्त्री यदुवंश झा । उनले मन्त्रिपरिषदलाई जानकारी नै नदिई आफूखुसी तीन पटक भारत भ्रमण गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सोझै दूतावासलाई पत्र लेखेर पटक–पटक भारतका विभिन्न स्थानको भ्रमणमा निस्किएको पाइएको छ । पछिल्लो पटक १० देखि १४ भदौसम्म उनले भारत भ्रमण गरेका छन् ।
उपचारका लागि भन्दै गत १० गते आइतबार बेलुकी निजी सहयोगी नाति सञ्जीव झालाई लिएर उनी नयांदिल्ली प्रस्थान गरेका थिए । मन्त्री झाले मन्त्रिपरिषद्लाई जानकारी नगराए पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफू बिरामी भएको मौखिक जानकारी गराएर भारत गएको दाबी गरे । भारतमा उनले भाजपाका वरिष्ठ नेता भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन, राष्ट्रवादी कंग्रेसपार्टीका डीपी त्रिपाठी लगायतलाई भेटेको बुझिएको छ । मन्त्री झाले काठमाडौंस्थित भारतीय दूतावासलाई आफ्नो लेटरप्याडमा पत्र लेखी भारतीय नेताहरुलाई भेट्ने व्यवस्था मिलाइदिन ८ भदौमा दूतावासलाई आग्रह गरेका पनि थाहा भएको छ ।
दिल्लीमा चार दिन बसेर उनी पटनाबाट सीतामढी नाका हुंदै बिहीबार बिहान गृहनगर जनकपुर पुगेका थिए । दिल्लीबाट शनिबार काठमाडौं फकिर्ने योजना रद्द गर्दै उनी बिहीबार पटनाबाट भारतीय नम्बर प्लेटको गाडीमा जनकपुर पुगेको बताइएको छ । शनिबार अपरान्ह यती एअरलाइन्सबाट उनी काठमाडौं आएपछि उनले भ्रमण उपचारका लागि भएको र टाउकोदेखि पैतालासम्म शरिर जांच गराउंदा १२ हजार खर्च लागेको बताए । त्यसअघि पनि पटक–पटक मन्त्री झा आफूखुशी भारत भ्रमणमा निस्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका