पानीको मुहान सुकेपछि दुई गाउँ सार्ने तयारी

१७ भाद्र २०६९, आईतवार ०७:०१ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, उपल्लो मुस्ताङ, भदौ १७ । हिमाली जिल्ला मुस्ताङका दुई गाउमा पानीको मुहान सुकेर खानेपानी र सीचाईको असुबिधा भएपछि अन्यत्र सारीने भएको छ । पानीको मुहान सुक्दै गएपछि खानेपानी र सिचाईको अभावमा जनजिवन कष्टकर बनेकाले छोसेर गाबिसको वडा न ९ सम्जुङ र सुर्खाङ गाबिसको वडा न ९ ध्येय गाउलाई अन्यत्र सार्न लागीएको हो ।
सदरमुकाम जोमसोमबाट झण्डै तीन दिनको पैदल हिडेर यही गाउ“हरु पुग्न सकिने छोसेरको सम्जुङमा १८ र सुर्खाङको ध्येयमा २४ घर परिवार रहे पनि पानीको समस्याले धेरैगाउलेहरु अन्यत्र बिस्थापीत भएका छन् । खानेपानीको मुहान नै सुक्दा पानी आपुर्ति कम भएर पिउने पानीसंगै पशुपालन र कृषि व्यवसाय गर्न कठिन भएपछि छोसेरको सम्जुङ गाउ“लाई छोसेर ६ नामासुङमा र ध्येयलाई सुर्खाङको थाङच्युङ चावेलमा सार्न लागीएको जिविस मुस्ताङले जनाएको छ ।

केही वर्ष अघि सम्म सेताम्मे हिउले ढाकी चिस्यान हुने यी गाउ“मा हिजोआज हिउ कम पर्ने र चिसो समेत कम हुन थालेको छ । ‘पानीको मुहान क्रमश सुक्दै जान थालेपछि खेतीपाती र पशुपालन ब्यबसायमा गर्न समस्या भएकाले बस्ती सार्न पुर्वाधार निमार्ण गर्न लागीएको हो’ स्थानिय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनु भयो । गाउँ सारीने ठाउँमा खानेपानी, फलफुल खेतीपाती बाटोघाटो लगायतका पुर्वाधार तयार गर्ने कार्य सक्दो भइरहेको छ । र्दुगम क्षेत्र बिकास समितीका सदस्य कर्मसम्टुक गुरुङले नामासुङमा पुर्वाधार खडा गर्न थाङच्युङ चावेलमा जस्तै बजेट बिनियोजन गरि बृहत योजना सहित समजुङ गाउबस्ती सानुपर्ने माग गर्नुभएको छ । थाङच्युङ चावेलमा समेत बजेट थप गरि पुर्वाधार निमार्णमा जोड दिनु पर्ने गुरुङले बताउनु भयो ।

यसरी मुस्ताङका बस्तीहरु नै क्रमश सार्नु पर्ने भएपछि सारीएका स्थान उपयुक्त हुन बा अन्य ठाउमा सार्न उपयुक्त हुन्छ भन्ने बारे कसैले अध्ययन गरेको छैन । यी बस्ती बाहेक अरु धेरै बस्तीमा समेत पानीको अभाब खड्कन शुरु भएको छ । सदरमुकाम स्थित मार्फाको पुथाङ बर्षेनी करिव आधा बर्ष पानीकै समस्या भोगीरहेको छ । छुसाङको ताङबेको पानीको बिषय अझ अचम्म लाग्दो छ । त्यहाका बासीन्दा घर घरमा ल्याईएका पानीका धाराको पानी पिउदैनन, सिचाइका लागि ल्याईएको कुलोको पानी प्रयोग गर्दछन । उनीहरु दाल पकाउदा, दुध चिया बनाउदा मात्र हैन खानाका हरेक परिकार बनाउदाकुलोको पानी प्रयोग गर्न बाध्य छन । धाराको पानी त केवल कपडा धुन शौचालयमा प्रयोग गर्न, भाडाकुडा सफागर्ने लगायतका कार्यमा प्रयोग गर्छन भन्दा जो सुकैलाई पनि अचम्म लाग्न सक्छ । यो यथाथर्ता मुस्ताङका धेरै गाउमा छ, धाराको पानीले दाल बनाउन थाल्यो भने दिनभरिमा पनि पाक्दैन, दुध चिया बनायो भने तत्काल फटीहाल्छ, कसरी प्रयोग गर्नु ताङवे प्राथमीक बिद्यालय ताङवेकी शिक्षिका साबित्री शर्माले बताउनुभयो ।

पानीकै कारण अनाज उत्पादन हुन छाडेपछि बिस्थापित भएका केही गाउ“लेलाई गुजारा चलाउन समेत समस्या भएको छ । खेतीपाती र पशुपालन राम्रो हुने गाउमा पानी सुक्दै गएपछि मरुभुमी जस्तै बनेको समजुङका स्थानिय पासाङ छिरिङ गुरुङले बताउनुभयो । उहाका अनुसार हिउ पर्ने बेलामा हिउ परेको छैन । बस्ती वरपर सुख्खा मरुभुमी जस्तै हुदै गएको छ । खानेपानी र सिचाईको अभावले खेतीपाती क्रमश कम हुनथाले पछि गाउमा गुजारा चलाउन नसकेर समजुङका ७ परिवार पोखराको सृजनाचोक, नागठुङगा लगायतका स्थान र २ परिवार जोमसोममा बस्न थालेको गुरुङले बताउनुभयो ।

जिल्लामै सबै भन्दा बढि पानीको समस्या भएकाले बारम्वार बस्ती स्थानान्तरणका लागि पुर्वाधार निमार्ण गरिदिन सम्वन्धित निकायलाई भनेपनि ढिलाई भएको गुरुङले बताउनुभयो । गुरुङले समजुङबासीलाई छिटो भन्दा छिटो नामासुङमा पुर्वाधार निमार्ण गरि स्थानान्तरण गरिदिन अनुरोध गर्नु भएको छ । १८ परिवारको बसोवास रहेको समजुङमा ८७ जना बासीन्दा रहेका छन भने एक प्राथमिक बिद्यालय रहेको छ ।

समजुङका बासीन्दामा चेतनाको अभाब भएकाले पुर्वाधार निमार्णका लागि कुनकुन निकायमा जाने भन्ने थाह नभएको बताउदै जिल्लामा यति धेरै बजेट आउने भएपनि टाठाबाठाहरुले गरिब जनताले बिताइरहेको कष्टकर जीवनलाई वास्ता नगरेको बताउनु भयो । स्थानीय राजनितिक दल, जिबिसले बस्ती स्थानान्तरणका लागी खासै पहल नगरेको गुरुङले बताउनु भयो । ‘हाम्रो आयश्रोत भनेकै भेडाच्याग्रा पालन हो पानीकै अभाबले अहिले पशुपालन गर्न सक्ने अवश्था छैन’ गुरुङ भाबुक हुदै भन्नुहुन्छ ‘पशुपालनका लागि चरनक्षेत्र अभाब हुदै गएकाले क्रमश बिस्थापित हुनु परेको हो । आफ्ना छिमेकी आफन्तले गाउ“ छाड्दा धेरै पिडा भएको छ, यस्तै हो भने हामीहरु पनि बिश्थापीत हुन धेरै समय लाग्दैन ।’ उहाले पुर्व मुस्ताङी राजाको खेतीपाती समेत रहेको नामासुङमा जिबिसले ५ लाख र गाबिसले ३ लाख लगानी गरि बाटो बनाउन लागेको समेत जानकारी दिनु भयो ।

‘समजुङ पछि पानीको समस्या भोगेको ध्येयगाउलाई थाङच्युङ चावेल वृहत योजना सहित कालीगण्डकीको किनारमा बस्ती सार्न लागीएको हो’ जिल्ला विकास समिति मुस्ताङका सव इन्जिनियर हरि पराजुलीले भन्नुभयो, ‘पानीको मुहान सुकेर गाउ“मा बस्न समस्या भएको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर