०१७ सालभित्र रुपन्देही खुला दिसामुक्त जिल्ला बन्ने

१७ भाद्र २०६९, आईतवार ०७:३५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १७ भदौ । रुपन्देहीलाई ०१७ सालभित्र खुला दिसा मुक्त जिल्ला घोषणाको अभियानलाई सफल पार्न सबै लाग्नुपर्नेमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सामुहिक प्रयासबाट मात्रैं जिल्लालाई दिसामुक्त क्षेत्र घोषणा गर्न
सम्भव भएको पनि बताए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, बुटवल क्षेत्र विकास कार्यक्रम रुपन्देही र सिद्धार्थ सामुदायिक समाज भैरहवाको संयुक्त आयोजना तथा वल्र्ड भिजनको आर्थिक सहयोगमा खानेपानी सरसफाई र स्वच्छता परियोजना अन्तरगत पूर्ण सरसफाई प्रशिक्षक प्रशिक्षणको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुंन् ।
वल्र्ड भिजनका एडीपी मेनेजर अप्सरा राईको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी सरसफाई डिभिजन कार्यालय योगीकुटीका प्रमुख नन्दलाल बन्जाडे, ध्रुब धिताल, प्रकाश धिताल, मानपकडीका सचिव शालिकराम भट्टराई, बृन्दावति चौधरी, गोपाल खरेल, खिमानन्द रिजाल लगायतले बोल्नु भएको थियो ।
एक हप्तासम्म चलेको प्रशिक्षणमा प्रकाश धिताल, अन्जान शर्मा, इश्वरी आचार्य लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा ख. बनगाई, मानमटेरिया, पश्चिम अमुवा, हरनैया, मैनिहिया, हात्ति फर्साटिकर लगायतका नौं गाविसका २८ जनाको सहभागिता जनाएको सिद्धार्थ समाज भैरहवाका अध्यक्ष मीना थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत