संसदीय निर्बाचन बाटै बिबादित बिषयको टुंगो लगाउन दलहरुलाई एमाले बरिष्ठ नेता माधब कुमार नेपालको आग्रह

१७ भाद्र २०६९, आईतवार ०४:३७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १७ भदौ । एमाले बरिष्ठ नेता माधब कुमार नेपालले संबिधानसभाको समेत काम गर्ने गरि संसदीय निर्बाचनमा जानु बाहेक दलहरुसंग राजनीतिक गतिरोध अन्त्य गर्ने अर्को विकल्प नभएको बताउनु भएको छ । दुई साता लामो अमेरिका भ्रमणको क्रममा शुक्रबार साँझ केन्टकी आइपुग्नु भएका एमाले बरिष्ठ नेता माधब कुमार नेपालले www.nepal24hours.comसंगको बिशेष अन्तर्वार्तामा नेपाली राजनीतिको गतिरोध अन्त्य गर्न संसदीय निर्बाचन मात्र दिर्घकालिन निकाश र विकल्प भएको बताउनु भएको हो । बरिष्ठ नेता नेपालले संबिधान सभाको पुनर्स्थापना अन्तरिम संविधानको बाधा अड्काउ फुकाउन बाहेक अर्को प्रयोजनको लागि गर्ने नहुने जिकिर समेत गर्नु भयो । विधिवत अवसान भएको संबिधान सभाको पुनर्स्थापनाको कोसिस गरियो भने थप राजनीतिक अन्योल सिर्जना हुने बताउदै माओबादिलाई संघियताको बिषयमा लचकता देखाउदै सिघ्र सहमतिमा आउन आग्रह समेत गर्नु भयो । उहाँले संसदीय निर्बाचन संगै जनमत संग्रह गरेर बिबादित बिषयका मुद्दाहरु किनारा लगाउनु उपयुक्त हुने बताउदै गोलमेच सम्मेलनको नाउँमा थप भाड भैलो मच्चाउने काम नगर्न नवगठित माओबादीलाई आग्रह गर्नु भयो । अन्तर्वार्ताको पूर्ण विवरण सिधा प्रश्न स्तम्भमा पधन सक्नु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार