विश्वदर्शन नेपाल
आँगनिमा फूल्ने गर्या पैयुका ति फूल सम्झे
त्यस्मा आई खेल्न खोज्ने भँगेराका हूल सम्झे ।।
हराए झै लाग्छ आज यता उता बिरानोमा
कता कता मैले पिउने पानीको त्यो मूल सम्झे ।।
बारी भरि जमेका छन तुषारोका ढिक्काहरु
त्यसै सङ्ग रमाएर गरेका क्यै भूल सम्झे ।।
मन भित्र मन बाहिर चिसो चिसो हावा चल्छन्
आँधी हुरि बतासाले उडाएका धूल सम्झे ।।
निकै काठिन लाग्दैछ हो जिन्दगीको खोला तर्न
हात समाइ काटेको साँघुरो त्यो पूल सम्झे ।।
आँगनिमा फूल्ने गर्या पैयुका ति फूल सम्झे
त्यस्मा आई खेल्न खोज्ने भँगेराका हूल सम्झे ।।
प्रतिक्रिया
सम्बन्धित खवर
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले
नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि