नेपालमा संघीयता आवश्यक रहेको भारतीय राजदूतको ‘ठहर’

१६ भाद्र २०६९, शनिबार २२:२९ मा प्रकाशित


काठमाडौं, १६ भदौ । नेपालको समृद्धि एवम् समानुपातिक विकासका लागि नेपालमा सङ्घीयता आवश्यक रहेको धारणा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले सार्वजनिक गरेका छन् । नेपाल र भारतका सीमा क्षेत्रका पत्रकारहरुसँग शनिबार विराटनगरमा आयोजित संयुक्त बैठकमा उनले सङ्घीतालाई गलत रुपमा लिन नहुने बताए । भारतमा पनि सुरु अवस्थामा सङ्घीयता कायम गर्दा अप्ठ्यारो परेको उनले बताए । नेपालमा सङ्घीयता जातीय आधारमा नभई आर्थिक एवम् सामाजिक आधारमा कायम गर्नु पर्छ भन्ने उनको कथन थियो ।
बिपी कोइराला नेपाल–भारत प्रतिष्ठाद्वारा आयोजित सो बैठकमा राजदूत प्रसादले पूर्वाञ्चलका सीमा क्षेत्रको स्थलगत निरीक्षण एवम् समस्याबारे छलफल गरेको उल्लेख गर्दै नेपाल र भारत सीमामा कुनै किसिमको पर्खाल आवश्यक नरहेको बताए । विश्वमै नेपाल र भारत बीचको मित्रता उदाहरणीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल र भारतका जनता स्वतन्त्रपूर्वक एकअर्का देशमा काम गरिरहेको छ भने । सीमा क्षेत्रमा बसेको भारतीय सुरक्षा बल (एसएसबी)का गलत क्रियाकलापबारे नेपाल र भारत दुवै तर्फबाट धेरै गुनासो आएकाले भारतको गृह मन्त्रालयमा लिखित पत्राचार गर्ने आश्वासनसमेत दिए।

नेपालमा राजनीतिक स्थिरता, आर्थिक र सामाजिक क्षेत्रको विकास तथा जलस्रोतको सदुपयोग आवश्यक रहेको बताउँदै नेपाल र भारतका पत्रकारहरुले दुई देशको समस्या समाधान तथा आपसी हित तथा जनताको उन्नतीमा कलम चलाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका