रुकुमेली र बाग्लुङेबीचको झडपमा ६ जना घाइते

१६ भाद्र २०६९, शनिबार २२:०७ मा प्रकाशित

काठमाडौं, १६ भदौ । बन क्षेत्रको सीमालाई लिएर रुकुम र बाग्लुङवासीबचि शनिबार झडप हुंदा ६ जना घाइते भएका छन् । पूर्वी रुकुमको तक्सीरा गाविसवासी र रुकुमको निसी गाविसवासीबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा रुकुमको तक्सिरा गाविसका ६ जना घइते भएका हुन् । घाइतेहरुकोस्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
बाग्लुङवासीले आफ्नो क्षेत्रमा रुकुमका वासिन्दाले घर–गोठ निर्माण गरेको तथा चौपाया चरण गराएको भन्दै १६ वटा घर–गोठमा आगोसमेत लगाएको प्रनाउ किसनसिंह थापाले जानकारी दिनुभयो । लामो समयदेखि ढोरपाटन सिकार आरक्षण सीमामा पर्ने बुगीपाटन क्षेत्रका विषयमा रुकुमको तक्सिरा र बाग्लुङको निसी गाविसका वासिन्दाबीच विवाद हुंदै आएको थियो । बुगीपाटन क्षेत्रलाई दुवै जिल्लाका वासिन्दाहरुले आ–आफ्नो क्षेत्रमा पर्ने दाबी गर्दैआएका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

आजको प्रमुख समाचार