भूमिगत भगतसिंह समूहले हतियार बुझायो

१६ भाद्र २०६९, शनिबार २२:०६ मा प्रकाशित


काठमाडौं, १६ भदौ । जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी भगतसिंह समूहले आफूसंग भएको ठूलो परिमाणको हतियार शनिबार प्रहरीसमक्ष बुझाएको छ । सरकारसंग एक महिनाअघि पहिलो चरणको वार्ता गरेको सो समूहले जिल्ला प्रहरी कार्यालय सुनसरीमा विभिन्न प्रकारका बन्दुक र नौ थान गोली बुझाएको सुनसरीका एसपी सौरभ राणाले जानकारी दिनुभयो ।
बुझाइएका हतियारहरुमा ६३ थान कटुवा पेस्तोल, एकथान सिक्सर, केही थान भरुवा बन्दुक र एकथान पेस्तोल छन् । सुनसरीका प्रजिअ लक्ष्मण थापा र प्रहरी उपरिक्षक राणाको उपस्थितिमा विभिन्न जिल्लाबाट संकलन गरी ल्याइएको हतियार प्रहरीलाई बुझाइएको सो पार्टीका प्रवक्ता मनोजकुमार मण्डलले जानकारी दिए ।
तराईमा भूमिगत रुपमा सशस्त्र संघर्ष गर्दैआएको सो समूहले गत साउनमा सरकारसंग भएको वार्तामा हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको थियो । सो समूहले वार्ताकै क्रममा ८ थान हतियार बुझाएको थियो । पार्टीसंग रहेको एक सय सन्ताउन्न थान हतियारमध्ये शनिबारसमेत गरी ७४ थान प्रहरीलाई बुझाइएको र बांकी हतियार पनि छिट्टै संकलन गरी प्रहरीलाई बुझाइने प्रवक्ता मण्डलले जनाए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार