सरकारको टुंगो लगाएर मात्रै अन्य सहमति : कोइराला

१६ भाद्र २०६९, शनिबार २२:०१ मा प्रकाशित


काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकारका विषयमा सहमति नभएसम्म अन्य विषयमा सहमति हसन नसक्ने बताउनुभएको छ । फणिन्द्र भण्डारी स्मृति ग्रन्थको बिमोचनका लागि फणिन्द्र भण्डारी स्मृति प्र्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले तीन दलबीचको जारी छलफलबाट निकास निस्कनेमा आशा गर्दै रास्ट्रिय सहमतिको सरकार गठन सहमतिको पहिलो पाइला हुने बताउनुभयो । उहांले वर्तमान सरकारकै कारण संकट उत्पन्न भएको दोहोरयाउंदै सरकार परिवर्तनसहितका विषयमा सहमति हुनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले मुलुकलाई सहमतिबाट निकास दिने कि द्वन्द्वबाट भन्ने सवालको जवाफ माओवादी अध्यक्ष प्रचण्डको हातमा रहेको बताउनुभयो । उहांले माओवादीले लोकतन्त्र र विधिको शासनमा सार्वजनिक प्रतिवद्धता नजनाएसम्म उसंगको सहकार्य कठिन हुने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार