एमालेको असन्तुष्ट पक्षको असन्तुष्टि कायमै

१६ भाद्र २०६९, शनिबार २१:५८ मा प्रकाशित


काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले असन्तुष्ट जनजाति तथा मधेसी नेताहरुसंग शनिबार गरेको छलफल निर्णायक हुन सकेन । असन्तुष्ट नेताहरु र एमाले सचिवालयका सदस्यहरुबीच असन्तुष्ट पक्षले राखेको ९ बुंदे मागका सन्दर्भमा पार्टी मुख्यालय बल्खुमा छलफल भए पनि दुबै पक्ष लचिलो नभएकाले निर्णायक बिन्दुमा पुग्न नसकेको हो । एमाले नेतृत्वले एकल जातीय पहिचानसहितको संघीयता र संविधानसभा पुनस्र्थापनाको पक्षमा जान नसक्ने पार्टीको निर्णय रहेको दोहो¥याएपछि असन्तुष्ट जनजाती नेताहरुले आफूहरु निरास भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि एमाले स्थायी समिति बैठकले अन्तिम पटक नौबुंदे मागका सम्बन्धमा पार्टीले लिखित धारणा प्रस्तुत गर्ने र सो धारणामा सहमत हुनेलाई पार्टीमा जिम्मेवारी दिने र सहमत नहुनेको धारणा बुझेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । शनिबारको छलफलमा नेतृत्वले लिखित रुपमा धारणा दिन नसकेकोले अर्को चरणमा फेरि छलफल गर्नेगरी छलफल टुङ्ग्याइएको बताइएको छ । बैठकमा उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिवद्वय बिष्णु पौडेल र युवराज ज्ञवाली तथा असन्तुष्ट उपाध्यक्ष अशोक राई, पुथ्वी सुब्बा गुरुङ, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु सहभागी थिए ।
यसैबीच असन्तुष्ट समूहभित्रै पनि पार्टी काममा फर्केर जिम्मेवारी सम्हाल्न चाहने र विद्रोह गरेर अर्को दल खोल्न चाहने दुई समूहबीच असमझदारी बढ्न थालेको बुझिएको छ । अशोक राईले नेतृत्व गरेका राजेन्द्र श्रेष्ठलगायतका केही नेता नेतृत्वसंग सम्बन्ध बिच्छेद गरेर नयां पार्टी खोल्ने सोचमा रहेका र पृथ्वी सुब्बा गुरुङ लगायतका केही नेताहरु पार्टीभित्रै रहेर अन्तरसंघर्ष जारी राख्ने पक्षमा रहेका बताइएको छ । राईले नयां दल संघीय समाजवादी पार्टीको घोषणा पत्र समेत तयार पारिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार