‘राष्ट्रपति संविधानभन्दा माथि हो ?’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाए। ‘असंवैधानिक कदम स्वीकृत गर्ने राष्ट्रपति संविधानभन्दा माथि हो ? गैर कानुनी कदम स्वीकृत गर्नु त्यो भन्दा ठूलो भूल हो’ उनले इजलास समक्ष भने।
१८ माघ २०७७, आईतवार १४:३३ मा प्रकाशित

काठमाडौँ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाहरुमा अहिले बहस भइरहेको छ । निवेदकको तर्फबाट बहस गरेका लोकेन्द्र बहादुर ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको बताएका छन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठाए। ‘असंवैधानिक कदम स्वीकृत गर्ने राष्ट्रपति संविधानभन्दा माथि हो ? गैर कानुनी कदम स्वीकृत गर्नु त्यो भन्दा ठूलो भूल हो’ उनले इजलास समक्ष भने।

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको भए राम्रो हुने समेत बताए। अविश्वासको प्रस्ताव दर्ता भएको ३० दिनभित्र विश्वासको मत नलिएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नु असंवैधानिक भएको उनको तर्क थियो। प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधामन्त्रीलाई नभएको भन्दै उनले त्यसको लागि अन्तर्राष्ट्रिय अभ्यास र नजिर केही हेर्नु नपर्ने बताए।

‘हाम्रो संवधान हेरे पुग्यो। विघटन सिफारिस असंवैधानिक छ,’ उनले भने। उनले इजलासलाई न्यायाधीश सपना प्रधान मल्लले संविधान बनाउने र व्याख्या गर्ने अवसर पाएको स्मरण समेत गराए। साथै अदालतले शासन व्यवस्थाको निष्पक्षतालाई हेरेर आदेश दिनुपर्ने माग गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम