चितवन कांग्रेसको सभापतिमा टेकप्रसाद गुरुङ विजयी

१६ भाद्र २०६९, शनिबार १३:०७ मा प्रकाशित


काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस चितवन जिल्लासभापतिमा टेकप्रसाद गुरुङ विजयी हुनुभएको छ । खसेको कूल ५ सय २२ मतमध्ये ३ सय ६७ मत प्राप्त गरी गुरुङ सभापतिमा विजयी हुनुभएको हो । उहांका प्रतिस्पर्धी विकास कोइरालालाई भने १ सय ४० मत मात्र हासिल भयो ।
यसैगरी तीन प्रतिस्पर्धीलाई उछिन्दै जीतनारायण श्रेष्ठ सचिवमा विजयी हुनुभयो । सुरवीर पोखरेल भने कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । विशेष अधिवेशनले २५ जनालाई जिल्ला सदस्यमा चुनेको छ ।
हिजो भएको निर्वाचनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि बढी मत ल्याउने गुरुङ र कोइरालाबीच फेरि मतदान भएको हो । मतदानको समय सार्न निर्वाचन समितिले अस्वीकार गरेपछि कोइराला अधिवेशन बहिष्कार गर्दै बाहिरिएका थिए ।
चितवन तरुण दलका तत्कालीन सभापति शिव पौडेलको भरतपुर कारागारमा भएको हत्या प्रकरणमा कोइराला मुछिएपछि चर्किएको विवाद मिलाउन कांग्रेस केन्द्रिय समितिले चितवन जिल्ला कार्य समिति भंग गरी विशेष अधिवेशन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री